मुख्य समाचार
घरेलु टिम ओमानलाई हराउँदै नेपाल शीर्षमा
घरेलु टिम ओमानलाई हराउँदै नेपाल शीर्षमा

: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

नेपालले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनायो।


ओमानका लागि विनायक शुक्लाले सर्वाधिक १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाए। उनी १७.४ ओभरमा सोमपाल कामीको बलमा गुल्सन झाको हातमा क्याच भए।

मोहम्मद नदिमले २५ रन बनाए। उनले ३१ बलमा १ छक्का प्रहार गरे। कप्तान जितेन्द्र सिंहले १४ रन बनाउँदा आर्यन विश्टले ११ रन बनाए।

नेपालको लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेट गुमायो। आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। त्यसपछि भने लगातार २ विकेट गयो । कप्तान र उपकप्तान सस्तैमा पेभेलियन फर्किए।

कुशल मल्लले यो प्रतियोगिता अवधिभर नै राम्रो ब्याटिङ गर्न सकेका छैनन्। आजको खेलमा पनि कुशल मल्ल ११.४ ओभरमा ७ रन बनाउँदै क्याच आउट भए। यो नेपालको चौथो विकेट थियो।

पाँचौँ विकेटका लागि कुशल भुर्तेलसँग आदिल आलमले ४० रनको साझेदारी गरे । उनले १५ बलमा ३ चौकासहित १६ रन बनाए।

छैटौँ विकेट कुशल भुर्तेलको विकेट गयो। सातौँ विकेटको रुपमा गुल्सन झाले १० बलमा २ छक्कासहित १८ रनमा विकेटकिपरको हातमा क्याच हुँदै पेभेलियन फर्किए।

नन्दन यादव ९ रनमा अन्तिम बलमा रनआउट हुँदा सोमपाल कामी १ रनमा अविजित रहे।

ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। सेफ्यान मेहमुद र जितेन कुमार रमानन्डीले २–२ विकेट लिए।

आजको खेलमा ओमानलाई हराउँदा नेपालले जारी प्रतियोगिताको ट्रफी जित्ने सम्भावना बलियो बनाएको छ। हालसम्म अपराजित रहेको ओमानलाई नेपालले घरेलु मैदानमा हराएको हो। अब ओमानले शुक्रबार जापानसँग खेल्नेछ। नेपालले पनि शुक्रबार सामाओसँग खेल्नेछ।

आज दिउँसो भएको खेलमा यूएईले सामाओलाई पराजित गर्दा शीर्ष २ मा रहेका नेपाल र ओमान दुवै टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।

यो क्षेत्र छनोटबाट अब १ टिमले भारत र श्रीलंकामा हुने विश्वकपमा स्थानमा बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए। संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए। ...
: रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देही सूचना जारी गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ देखि बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको हो। चाडपर्वमा मनाउने नाममा कसैको इच्छाविरुद्ध क्रियाकलापहरू तथा समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप ...
: बुद्ध मूर्तिसहित आइफोन चोर्ने एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरले चितवन निवासी २९ वर्षीय विजय लामालाई पक्राउ गरेको हो। आन्दोलनका क्रममा लामाले बुद्ध मूर्ति एक थान, गणेशको मूर्ति अंकित शंखजस्तो एक थान, गणेश मूर्ति एक थान, सिङगिङ्ग बल एक थान र आइफोन फोर्टिन प्रो-म्याक्स एक थान चोरी गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध ...
सेयर निष्कासन र लगानीकर्ताले भोगेका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी
: जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा ३८ वर्षीय सन्तोष बस्नेतको साथबाट प्रतिबन्धित खैरोहिरोईन १२.७० ग्राम फेला पारेको डिएसपी योगराज खतिवडाले बताए। उक्त लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। त्यस्तै, मंगलबार बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा ...