मुख्य समाचार
पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताए
पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताए

— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् ।


‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन जानेको छैन । मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लाउन जान्या छैन,’ आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेरि पनि केन्द्रीय कमिटीको आदेशमा जुनसुकै कुरा गर्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर, लोकिप्रियतावादका पछि कुदेर हुन्छ ?’

केही नेताहरुले आफूलाई बोकेर अघि जान नसक्ने बताएको सन्दर्भमा उनले त्यो जरुरी नभएको बताए । ‘कतिपय साथीहरुले भन्नुहुन्छ- तपाईंहरुलाई बोकेर जान सकिँदैन । किन बोक्नुपर्‍यो ? म आफै हिँड्छु । दौडन सक्ने अवस्थामा छु । कसैलाई मन पर्दैन होला, नबोक्नुस् । केन्द्रीय कमिटी र महाधिवेशनले के भन्छ ? म त्यही गर्छु,’ उनले भने, ‘हट्ने पनि प्रक्रिया हुन्छ । विरोधीलाई घरमा, पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । एमाले मन नपरेर होइन केन्द्रीय कार्यालय, घर जलाएको ?’

उनले आफूले अलोकप्रिय हुने कुनै काम नगरको दाबी गरे । ‘हामी के भएर अलोकप्रिय भयौं ? हामीले भ्रष्टाचार गरेका छौं र ?' उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको र तिनको निगरानी गरिरहेको बताएका छन् । आज गृह मन्त्रालयबाहिर सञ्चारकर्मीसँग बोल्दै उनले भने, 'जो चैं अपदस्थ भा'थे त्यहाँबाट यस्ता गतिविधि भइरहेका छन् । निगरानी गर्नुपर्ने तत्व को हुन् भनेर थाहा पाएका छौं ।' जेन-जी विद्रोहले जो विस्थापित र अपदस्थ भएका थिए, उनीहरूले अहिलेसम्म बोध गर्न ...