मुख्य समाचार
गृहमन्त्रीअर्यालले अहिले सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको र तिनको निगरानी गरिरहेको बताए
गृहमन्त्रीअर्यालले अहिले सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको र तिनको निगरानी गरिरहेको बताए

— गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको र तिनको निगरानी गरिरहेको बताएका छन् । आज गृह मन्त्रालयबाहिर सञ्चारकर्मीसँग बोल्दै उनले भने, 'जो चैं अपदस्थ भा'थे त्यहाँबाट यस्ता गतिविधि भइरहेका छन् । निगरानी गर्नुपर्ने तत्व को हुन् भनेर थाहा पाएका छौं ।'


जेन-जी विद्रोहले जो विस्थापित र अपदस्थ भएका थिए, उनीहरूले अहिलेसम्म बोध गर्न नसकेको उनको भनाइ थियो । 'हामीले सुशासन दिन नसकेका कारण यस्तो भयो भनेर बोध हुनुपर्ने हो नि,' उनले भने, 'हामी क्षमा माग्छौं । पार्टीमा अरु पनि योग्य छन्, तिनलाई नेतृत्व दिन्छौ दिन्छौं भनेर सोच्नुपर्नेमा उनीहरु नै डुक्रिन थालेका छन् ।' क्रान्तिकारीहरूलाई उनीहरुले आतंककारी देखिरहेको गृहमन्त्री अर्यालले बताए ।

जेन-जी विद्रोह सुशासनका लागि भएकाले सुशासन कायम गर्दै जाँदा भ्रष्टाचारीहरु कानुनी दायरामा आउने उनले दाबी गरे ।

मापदडविपरीत सुरक्षाकर्मी लगेर दुरुपयोग गर्नेहरुले सुरक्षाकर्मी फिर्तापछि राज्य भएको महसुस गरेको उनले बताए । 'बर्दीधारी सुरक्षाकर्मी लगेर घरमा भान्से बनाउनुभएको थियो । ड्राइभर बनाउनुभएको थियो,' उनले भने, 'शान्ति सुरक्षा भएन भनेको त्यो मानेमा रैछ ।'

व्यक्तिगत रुपमा शान्ति सुरक्षा भएन र थ्रेट महसुस भएमा निवेदन दिन सक्ने उनले बताए । 'त्यसमा एनलाइसिस हुन्छ । आवश्यक भएमा मन्त्रालयले चाँडै निकासा दिन्छ,' उनले भने ।

जेन-जी विद्रोहको मौकामा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिइरहेको उनको भनाइ थियो । सुरक्षा निकायबाट लुटिएका हतियार फिर्ता नभए अपरेसन चलाउने पनि मन्त्री अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...