मुख्य समाचार
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

— दाना उद्योगको पर्खाल भत्किँदा बुधबार चितवनको रत्ननगरमा तीन जनाको निधन भएको छ । अरू थप दुईजना घाइतेको अवस्था मध्यम रहेको छ ।


मृतक तीनजना र घाइते गरी सबै पाँचजना उद्य‍ोकका कामदारहरू रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवनको रत्ननगर नगरपालिका-१२ शान्तीकुञ्ज टोलको किसान दाना उद्योगमा बिहान पौने १० बजे तिर उक्त घटना भएको थियो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-२ का शुकराम दराई, गोरखा घर भइ हाल रत्ननगर-१२ बस्ने ५४ वर्षका रेशम दमाई र रत्ननगर-१२ का ४५ वर्षीय कमल गुरूङ रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको हो ।

घटनाका घाइते रत्ननगर-१२ का ३९ वर्षीय जितेन्द्र महतो र सोही ठाउँका ४० वर्षीय अंकजप्रसाद थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । हात खुट्टामा चोट लागेका दुवैजनाको अवस्था मध्यम रहेको चितवन प्रहरीको भनाइ छ ।

‘दाना उत्पादन गरेर राख्ने गोदाम जस्तो ठाउँको पर्खाल भत्केर त्यहाँ काम गर्नेहरूलाई च्यापेको रहेछ । भत्केको पर्खाल र बोराहरूसमेतले कामदारहरूलाई थिचेको भन्ने छ’ घटनास्थल पुगेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...