मुख्य समाचार
इंग्ल्यान्डले लात्भियामाथि सजिलो ५–० को जित यससँगै विश्वकप २०२६ का लागि छनोट हुने पहिलो युरोपेली देश बने
इंग्ल्यान्डले लात्भियामाथि सजिलो ५–० को जित यससँगै विश्वकप २०२६ का लागि छनोट हुने पहिलो युरोपेली देश बने

— ह्यारी केनको दुई गोलको मद्दतले इंग्ल्यान्डले मंगलबार लात्भियामाथि सजिलो ५–० को जित रचेको छ र यससँगै विश्वकप २०२६ का लागि छनोट हुने पहिलो युरोपेली देश बनेको छ ।


रिगामा भएको खेलमा एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि एक एक गोल गरे । अर्को एक गोल भने आत्मघाती रह्यो । यो जितपछि थोमस टुचेलको इंग्ल्यान्ड छनोटको समूह ‘के’ मा शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

प्रशिक्षकमा टुचेल आएयता इंग्ल्यान्डले विश्वकप छनोटका आफ्ना सबै छ खेल जितेको छ । छनोटमा दुई चरणका खेल अगाडि नै इंग्ल्यान्ड विश्वकप पुग्ने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानले बुधबार पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ । जितका लागि २ सय ७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिङ्गसमा १ सय ८३ रन बनाएर अल आउट भयो । यस जितसँगै पाकिस्तानले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । लाहोरमा भएको टेस्टको चौथो दिन पाकिस्तान चिया सत्र अगाडि नै ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार त्यस्तो पत्रकार सम्मेलन गरेको छ, जसले प्रश्नलाई बढी अनुत्तरित पारेको छ । लिगमा केन्द्रित रहेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा महासचिव किरण राईले सहिद स्मारक लिग ‘ए’ डिभिजन यही दिन हुनेछ भनेर भन्न सकेनन् । तर, एउटा विश्वास भने दिलाए, ‘ढिला भए पनि अब राम्रो लिग हुनेछ ...
: एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपालले भियतनामसँग १–० ले पराजित भएको छ। लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकाएको हो। भियतनामको थोङ नाट स्टेडियममा खेलको पाचौं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठबाट आत्मघाती गोल बेहोर्दै नेपाल सुरुवाती समयमा नै १–० ले पछाडि परेको हो। कर्नरबाट आएको बल ...
: आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ। बुधबार साँझ ८:४५ बजे हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान ...
: एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दैछ। दशरथ रंगशालामा हुनुपर्ने खेल मैदानको अभावले नेपालले होम म्याच पनि भियतनाममा नै खेल्न‌ लागेको हो। नेपाल भियतनाम बीचको खेल‌ नेपाली समयअनुसार ‌६:१५ थोङ नाट स्टेडियममा हुनेछ। यसअघि नेपाल र भियतनाम बीच अवे म्याच भएको थियो । अवे म्याचमा नेपाल भियतनामसँग ३-१ले ...