मुख्य समाचार
विश्वका २ सयभन्दा बढी सम्पदा संरक्षणकर्मी लुम्बिनीमा
विश्वका २ सयभन्दा बढी सम्पदा संरक्षणकर्मी लुम्बिनीमा

— विश्वभरिका सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धन गर्ने विशेषज्ञ र विज्ञको संस्था इकोमस इन्टरनेसनल अर्थात् द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्सले आफ्नो ६०औं वार्षिकोत्सव बुद्ध जन्मस्थल लुम्बिनीमा मनाएको छ ।


इकोमस इन्टरनेसनलका अध्यक्ष बेल्जियमकी प्राध्यापक टेरेसा प्याट्रिसियो र सह–अध्यक्ष (को–चेयर) तथा नेपाल च्याप्टरका अध्यक्ष ज्ञानीन राईले ६० औं वार्षिकोत्सव लेखेको केक काटेपछि वार्षिकोत्सव सम्पन्न भएको हो ।

मंगलबार सम्पन्न चारदिने महासभामा नेपालका साथै ६७ देशका २ सय विदेशी सहभागी थिए । महासभामा पुरातत्वविद्, सम्पदाविज्ञ, आर्किटेक्ट इन्जिनियर, स्टोनविज्ञ र सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञ र अनुसन्धानकर्ता सहभागी भए ।

महासभाले विभिन्न देशमा भइरहेको द्वन्द्वले सम्पदा ध्वस्त भइरहेकाले विश्व सम्पदा स्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेको छ । त्यस्तै सम्पदा संरक्षणमा उदीयमान विज्ञलाई सक्रिय बनाउने र इकोमसको ६१ औं महासभा २०२६ मा मलेसियाको सारावाकमा गर्ने निर्णय गरेको महासभाका सह–अध्यक्ष (को–चेयर) तथा नेपाल च्याप्टरका अध्यक्ष राईले बताए ।

त्यस्तै वास्तुशिल्पी, इतिहास, सांस्कृतिक सम्पदा सम्बद्ध अन्तर्राष्ट्रिय विशेषज्ञबीच अनुभाव आदान–प्रदान र सांस्कृतिक सम्पदाका स्थायी अस्थायी तत्त्वको संरक्षणका लागि वैज्ञानिक, प्रविधि सिद्धान्त र कार्य प्रविधिबारे तीन समूह बनाएर गहन छलफल भएको महासभाका सह–अध्यक्ष राईले बताए । सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण र सुरक्षाका क्षेत्रमा आएका नयाँ अवधारणा, विषय र प्रविधिका बारेमा पनि छलफल गरिएको थियो ।

Hardik IVF
Laxmi Sunrise bank

युनेस्कोको सल्लाहकार निकायका रूपमा रहेको इकोमस (अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद्)ले मुख्य रुपमा विश्व सम्पदा सूचीमा अभिलेखका लागि विश्वभरिबाट प्रस्तावित सांस्कृतिक तथा मिश्रित सम्पदाको मूल्यांकन गरेर विश्व सम्पदा केन्द्रलाई प्रदान गर्ने गरेको इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन् ।

यहाँ भएको महासभामा स्मारक, सांस्कृतिक परिदृश्य र सांस्कृतिक सम्पदा स्थलको संरक्षण, सुरक्षा, प्रयोग र प्रवर्द्धन एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रुपमा सन् १९६५ मा स्थापित इकोमसको अन्तर्राष्ट्रिय सचिवालय पेरिसमा छ ।



इकोमसका ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १ सय ३७ देशबाट १२ हजार ७ सय १५ जना विज्ञ सदस्य रहेका छन् । बुधबारदेखि शनिबारसम्म इकोमसले लुम्बिनीमा चारदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन पनि गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...