मुख्य समाचार
टीट्वेन्टी विश्वकप छनोट आज नेपाल र ओमानबिच खेल हुने
टीट्वेन्टी विश्वकप छनोट आज नेपाल र ओमानबिच खेल हुने

: आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ।

बुधबार साँझ ८:४५ बजे हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने छैन, शीर्ष स्थानको लडाईं पनि हुनेछ। विगतको नतिजा हेर्ने हो भने नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ।

पछिल्लो समय ओमानको टोलीमा आमूल परिवर्तन आइसकेको छ। पुराना र अनुभवी खेलाडीले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल्न छाडेपछि नयाँ टोलीका साथ ओमान विश्वकप छनोटमा उत्रिएको छ। त्यही कारण ओमानको तुलनामा नेपालको पल्ला भारी देखिएको छ। त्यसैले बुधबार शीर्ष स्थानको ओमानलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ।


विगतमा यी दुई टोलीबीच आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले पाँच खेलमा जित निकालेको छ भने ओमानले तीन खेल जितेको छ। विगतको तथ्यांकमा पछि परे पनि आफ्नो पुरानो छविलाई यथावत राख्दै शतप्रतिशत जित निकाल्ने लक्ष्यमा नेपाल छ। विश्वकप छनोट प्रतियोगिता अगाडि ओमानसँग भएको अभ्यास खेलमा नेपाल विजय भएको थियो ।

रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित

नेपालले सोमबार राति भएको रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित गरेको थियो। नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा एक सय ४२ रनमा समेटिएको थियो। कतारका ओपनर इमाल लियानागे र जुबेर अलीले अर्धशतकीय पालि खेले पनि टोलीलाई जिताउन सकेनन्। इमालले ५५ र जुबेरले ५२ रनको योगदान दिए। उनीहरूले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। मोहमद असिमले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए।

३.५ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर पाँच विकेट लिएका हुन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले दोस्रो पटक पाँच विकेट लिएका हुन्। उनले यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा नौ रन खर्चिएर पाँच विकेट लिएका थिए। यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले ५८ रनको अर्धशतकीय पालि खेलेका थिए। उनले ४२ बलमा एक छक्का र सात चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले २६, गुलसन झाले १६, सोमपाल कामीले १४ र आसिफ शेखले ११ रन बनाए। कतारका कप्तान मिर्जा मोहमद बेग र डानियल लुइसले तीन÷तीन विकेट लिए। मोहमद असिमले ओवेस अहमदले एक÷एक विकेट हात पारे।

सन्दीपको २५० विकेट पूरा
सोमबार राति कतारसँगको खेलबाट लेगस्पिनर सन्दीप लामिछानेले दुई सय ५० विकेटको कोशेढुंगा पूरा गरेका छन्। उनले सोमबार कतारसँगको खेलमा दोस्रो विकेट लिएसँगै दुई सय ५० विकेट पूरा गरेका हुन्। उनले ओपनर इमाल लियानागेलाई बोल्ड गर्दै यो सफलता हासिल गरेका हुन्।

सन्दीपले ६६ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा एक सय २७ विकेट लिएका छन्। यस्तै ६२ एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक सय २७ विकेट नै लिएका छन्। उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक पाँच विकेट लिएका छन्। उनले सोमबार राति ३.५ ओभर बलिङ गर्दै १८ रन खर्चिएर पाँच विकेट लिएका थिए। यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा उनले नौ रन खर्चिएर पाँच विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...