: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्।
काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए।
फरार रविनलाई नेपाल १५ नं गणबाट खटिएको प्रहरी टोलीले बनेपा नगरपालिका-६, बुडोलबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाउने प्रक्रियामा रहेको एसपी माधव रेग्मीले जानकारी दिए।