मुख्य समाचार
कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधिअनुसार नै महाधिवेशन आयोजना हुने बताए
कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधिअनुसार नै महाधिवेशन आयोजना हुने बताए

: नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधिअनुसार नै महाधिवेशन आयोजना हुने बताएको छ। मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउँदै महाधिवेशन गर्न सभापतिले दिएको निर्देशनअनुसार केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाउने बताए।


कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लैजाने कुरामा पनि समस्या ल्याएको उनले बताए। प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टीको एकता सबैभन्दा बढी महत्त्वपूर्ण कुरा रहेको उल्लेख गरे।

पार्टी सभापतिले कार्यबाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको उनको भनाइ छ। महतले पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरे।


उनले निर्वाचनका बारेमा अन्यौल र अस्थिरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद पुनःस्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे। महतले वर्तमान सरकार निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रित भएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। ' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' जेनजी आन्दोलनपछि ...
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...