मुख्य समाचार
सुनसरीमा लागूऔषध ओसारपसार र बिक्रीवितरणका घटना दिनानुदिन बढ्दै
सुनसरीमा लागूऔषध ओसारपसार र बिक्रीवितरणका घटना दिनानुदिन बढ्दै

: सुनसरीमा लागूऔषध ओसारपसार र बिक्रीवितरणका घटना दिनानुदिन बढ्दै गएको छ। दैनिक रूपमा प्रतिबन्धित लागू औषध गाजा, ब्राउन सुगरदेखि विभिन्न ट्याब्लेटसहित मानिसहरू पक्राउ परेपनि नियन्त्रणमा चुनौती कायमै रहेको प्रहरीको भनाइ छ।

सोमबार बेलुका पनि प्रहरी टोलीले धरान उपमहानगरपालिका–१७ पटनाली हरिणखोला नजिकैबाट ठूलो परिमाणमा लागू औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए। अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले धरानबाट चतरा तर्फ जाँदै गरेको प्र.१–०५–००१ ह ०१४७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पोमा सवार उदयपुर त्रियुगा नगरपालिका–७ का १९ वर्षीय दिपक मगरको झोलाबाट ट्रामाडोल ३ हजार ९९० थान र डिकोलिक ३ हजार ९९० थान गरी झण्डै ८ हजार ट्याब्लेट लागू औषध बरामद गरिएको डीएसपी राईले बताए।

प्रहरीले अटोका चालक धरान उपमहानगरपालिका–१० का ३३ वर्षीय फिरोज मोहम्मदलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई अटो र बरामद लागू औषधसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, “सुनसरी जिल्लामा दैनिक रूपमा लागू औषधसहित व्यक्तिहरू पक्राउ परिरहेका छन्। तर यसको नियन्त्रणमा चुनौती कायम छ। अवैध कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धान थप कडा पारिएको छ।”

प्रहरीले हालै विभिन्न ठाउँमा लागू औषध कारोबारमा संलग्न दर्जनौँ व्यक्तिलाई पक्राउ गरी मुद्दा दर्ता गरिसकेको छ। तर, नेपाल- भारत खुल्ला सीमा रहेको भौगोलिक अवस्थाले पनि सुनसरी लागू औषधको मुख्य मार्ग बन्न थालेको प्रहरीको भनाइ छ। लागू औषधको सेवनले यहाँका युवा युवतीहरू कुलतमा फसेका छ्न्। जसले गर्दा जिल्लामा अपराधिक क्रियाकलापका घटना समेत उनीहरूकै संलग्नतामा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। ' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' जेनजी आन्दोलनपछि ...
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...