: अवैध रूपमा ढुवानी गरिएको कवाडी सामग्री बरामद बरामद भएको छ। विल विजक विना अवैध रूपमा ढुवानी गरी लगिएको एक ट्रक कवाड सामग्री मायादेवी गाउँपालिका-४ गौरामा बरामद भएको हो।
भित्री सडक खण्डमा दोहनीबाट गौरातर्फ जाँदै गरेको ना २ ख ९५५२ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिलबिजक नभएको तीन लाख १५ हजार १५० रुपैयाँ बराबरको ५ हजार ७ सय ३० केजी पुरानो प्लास्टिकको टुक्रा (कवाड) बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
प्रहरीले चालक ४१ वर्षीय सुग्रिम केवटसहित ट्रक र कवाड सामानको थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ।