मुख्य समाचार
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग

: नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ।


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनाव भन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरूको भावनालाई बुझ्दै निर्वाचन अघि महाधिवेशन गरेर पार्टीलाई शुद्धीकरणतर्फ अघि बढाउन माग गरे। उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासन र पारदर्शीता गर्ने उद्देश्यका साथ पार्टीका सबै तहमा बसेका व्यक्तिको सम्पत्तिको अद्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न समेत माग गरे। जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथिति विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाइने उनले बताए।


अध्यक्ष शेर्पाले जनेजी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्री छानबिनको क्रममा दोषी देखिए कारबाही हुनुपर्ने र काठमाडौं महानगर प्रमुख बालेन शाहमाथि पनि छानबिन गरी दोषीदेखिए कारबाही गर्नुपर्ने बताए।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे। नेविसंघले देशको शान्ति सुरक्षा र स्थायित्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरूको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। ' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' जेनजी आन्दोलनपछि ...
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...