: हमासले सबै जीवित इजरायली बन्धकहरूलाई रिहा गरेको बताएको छ। मृतक बन्धकहरूको शव भने पछि हस्तान्तरण गरिने जनाइएको छ। हमासको नियन्त्रणमा २८ जनाको शव रहेको जनाइएको छ।
इजरायली मिडियाका अनुसार हमासले १३ इजरायली बन्धकहरूको दोस्रो समूहलाई दक्षिणी गाजामा रेडक्रसलाई हस्तान्तरण गरेको छ।
रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई लिएर इजरायल पुगेका छन्। इजरायली सेनाले हमासद्वारा मुक्त गरिएका इजरायली बन्धकहरूको दोस्रो समूह आइपुगेको बताएको छ।
यसअघि, हमासले सोमबार बिहान सात इजरायली बन्धकहरूको पहिलो समूहलाई रिहा गरेको थियो। इजरायली सेनाले केही बन्धकहरूको पहिलो तस्बिर पनि जारी गरेको थियो।
इजरायलले अब प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायली बन्धकहरूको बदलामा, इजरायलले २५० प्यालेस्टिनी कैदीहरू र १ हजार ७०० भन्दा बढी गाजा कैदीहरूलाई रिहा गर्नेछ।