मुख्य समाचार
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दै
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दै

: एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दैछ। दशरथ रंगशालामा हुनुपर्ने खेल मैदानको अभावले नेपालले होम म्याच पनि भियतनाममा नै खेल्न‌ लागेको हो।


नेपाल भियतनाम बीचको खेल‌ नेपाली समयअनुसार ‌६:१५ थोङ नाट स्टेडियममा हुनेछ। यसअघि नेपाल र भियतनाम बीच अवे म्याच भएको थियो । अवे म्याचमा नेपाल भियतनामसँग ३-१ले पराजित भएको थियो।

एसियन कप छनोट अन्तर्गत नेपालले हालसम्म तीनवटा खेल खेलेको छ । ‌जसमा तिनै खेलमा नेपालले हार बेहोरेको छ। आजको खेलमा भियतनामसँग पराजित भएको खण्डमा नेपालले अर्को दुईवटा खेल्नु अगावै छनोट चरणबाट बाहिरिनेछ।


नेपालका लागि आज डिफेन्डर रोहित चन्दले राष्ट्रिय टिमको लागि १०० औं खेल खेल्दैछन्। नेपालका लागि कप्तान किरणकुमार चेम्जोङ पश्चात १०० खेलको आँकडा पूरा गर्ने रोहित दोस्रो खेलाडी हुन्।

नेपाल समूह 'एफ 'मा रहेर छनोटका खेलहरु खेल्दैछ। नेपालसहित यस समूहमा भियतनाम मलेसिया र लाओस रहेका छन्। जसमा मलेसियाले लगातार ३ खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको छ। भियतनामले तीन खेलबाट ६ अङ्क बटुल्दै समूहको दोस्रो स्थानमा रहेको छ। लाओसले ३ खेलबाट ३ अङ्क बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...