मुख्य समाचार
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने

। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ ।

धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् ।


नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित गरिएको इनास ग्लोबलले जनाएको छ ।

ग्लोबल महासचिव राजमान तामाङका अनुसार, पदाधिकारीको सुझाव तथा ग्लोबल अध्यक्ष, संस्थापक अध्यक्ष, संरक्षक र सल्लाहकारसँगको परामर्शपछि अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरिएको हो ।



विधानले तोकेको समयमा अधिवेशन सम्पन्न गर्नु संस्थाको अनिवार्य कर्तव्य भएकाले यो कदम उठाइएको बताइएको छ ।

अधिवेशन तयारी अन्तर्गत वर्तमान अध्यक्ष रामचन्द्र थापाको अध्यक्षता र संस्थापक अध्यक्ष पुष्प बरुवालको पहलमा विभिन्न बैठक र छलफल सम्पन्न भैसकेका छन् ।

ती बैठकले अधिवेशनलाई सुचारु र सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई अघि बढाउने निर्णय गरेका छन् ।

उक्त अधिवेशनमा २०२५ देखि २०२७ कार्यकालको लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, क्षेत्रीय संयोजक तथा सह–संयोजक लगायतका नयाँ पदाधिकारी चयन गरिने छन् ।

अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा इनास ग्लोबलकी संरक्षकद्वय मीरा राणा र नीता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बम्जन छन् । इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले अधिवेशनलाई सफल बनाउन ग्लोबल समिति लागिपरेको बताए ।

इनास ग्लोबलले हाल विविधरुपमा देखिएका चुनौतीपूर्ण अवस्थाको माझ पनि संस्थाको सांगठनिक निरन्तरता र वैधानिकता कायम राख्दै अधिवेशन सफल बनाउन सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय सहयोगको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...
। मीनबहादुर भाम निर्देशित विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने भएका छन् । यो फिल्म एयरवेजको ‘वर्ल्ड सिनेमा’ खण्डमा हेर्न सकिने जनाइएको छ । निर्देशक भामले यसबारे जानकारी दिँदै खुसी व्यक्त गरे । थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर यो फिल्म प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । कतार एयरवेजले हलिउड, बलिउड, विश्व ...
: बलिउडका चर्चित अभिनेता शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेका छन्। हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिए अनुसार ५९ वर्षीय अभिनेता खानको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो। यसले उनलाई अर्नोल्ड श्वार्जनेगर, गायिका रिहाना, गोल्फर टाइगर वुड्स, र गायिका टेलर स्विफ्ट जस्ता विश्व ...
। ७७ औं एमी अवार्ड आइतबार अमेरिकाको लस-एन्जलसमा वितरण गरिएको छ । ओटीटी र टिभीको प्रमुख अवार्ड मानिने यसपटकको एमीमा ‘द स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो । कुनै कमेडी सिरिजले जितेको यो अहिलेसम्मकै धेरै विधा हो । ’सेभेरेन्स’मा आफ्नो अभिनयका लागि ट्रामेल टिलम्यान र ब्रिट लोअरले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते भने १५ वर्षीय ओवेन ...