मुख्य समाचार
कोशी प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ को एक चौथाइ बजेट कटौती
कोशी प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ को एक चौथाइ बजेट कटौती

: कोशी प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ को एक चौथाइ बजेट कटौती भएको छ। पुनर्निर्माणमा खर्च गर्ने गरी बजेट कटौती गरिएको हो।


चालु आर्थिक वर्षको कुल बजेटबाट २५ प्रतिशत रकम तत्काल खर्च नहुने गरी रोक्का गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै आगजनी र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिने नीति अपनाएको हो। प्रदेश सरकारले चालु वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो।



सो रकममध्ये एक चौथाइ कार्यान्वयनमा नल्याइकन पुनर्निर्माण प्रयोजनमा केन्द्रित गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए। उनका अनुसार कटौती गरिएको रकम भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका कारण नोक्सान पुगेका सरकारी संरचना तथा असोज १८ गतेपछि आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गरिने छ।


‘अचानकको विपद्ले धेरै संरचनात्मक क्षति पुर्‍याएको छ। अब बजेटको प्राथमिकता पुनर्निर्माणतर्फ मोडिएको छ,’ मन्त्री भण्डारीले भने। उनका अनुसार मन्त्रालयहरूले दैनिक प्रशासनिक खर्च र अनिवार्य योजना बाहेकका कार्यक्रमहरूमा नयाँ प्रतिबद्धता जनाउने छैनन्।

मन्त्रिपरिषद् बैठकले प्रदेशका दुई मन्त्रालयमा सचिव सरुवा तथा नियुक्ति सम्बन्धी निर्णय पनि गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रदेशको ११ औं तहका इन्द्र सापकोटालाई सचिवका रूपमा खटाउने निर्णय बैठकले गरेको मन्त्री भण्डारीले बताए।

प्रदेश सरकारले विपद्पछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिन रकमान्तरको व्यवस्था समेत खुला गर्ने तयारी गरेको छ। यसअन्तर्गत प्राथमिकता निर्धारण गरेर क्षतिग्रस्त सडक, पुल, कार्यालय भवन तथा सामुदायिक संरचनाको पुनर्निर्माणमा खर्च केन्द्रित गरिने बताइएको छ।

कोशी सरकारले पछिल्लो समय देखिएका प्राकृतिक विपद् र सामाजिक अशान्तिले प्रदेशको आर्थिक सन्तुलनमा असर पारेको स्वीकार गर्दै अबको केही महिना उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा पुनर्निर्माणमा प्रयोग गर्ने योजना अघि सारेको छ। मन्त्री भण्डारीले जनतामुखी पुनर्निर्माणलाई मुख्य एजेन्डा बनाइ वित्तीय अनुशासन कायम राख्दै काम अघि बढाउने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम