मुख्य समाचार
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग

: सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।


उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको थियो।

सोही मुद्दामा केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनको बयान लिएको थियो।


सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

के हो घटना ?

२०७९ पुस १० गतेकै दिन चिनियाँ नागरिक ली हानसोङ फ्लाइ दुबईको उडान नम्बर एफजेड ०५८७ बाट काठमाडौं आइपुगेका थिए। उनले ल्याएको भेपको ७३ बट्टा (७३० थान) मा करिब ९ किलो सुन लुकाइएको थियो। जाँचपासका क्रममा शंकास्पद देखिएपछि भेप भन्सार गोदाममा राखेर अनुसन्धान गरिएको थियो। डेढ महिना गोदाममै राखिएको त्यो सामान त्यतिबेला भन्सार प्रशासक अरुण पोखरेलको जिम्मामा थियो।

अनुसन्धानमा महरा पिता–पुत्रले भेप छुटाउन भन्सार कर्मचारी र बिचौलियासँग पटक–पटक सम्पर्क गरेको तथ्य फेला परेको छ। सुन गायब गराउने प्रयाससमेत भएको देखिएपछि सीआईबीले अनुसन्धान जिम्मा लिएर फाइल खोलेको थियो। त्यस क्रममा महराले २२ पटक र उनका छोरा राहुलले २३४ पटक फोन सम्पर्क गरेको विवरण प्रहरी अनुसन्धानमै समावेश छ।

२०८० असोज २४ गते सीआईबीले अनुसन्धान सकाएर राहुल महरासहित चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गर्‍यो। प्रतिवादीमा लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई काठमाडौं बस्ने दावा छिरिङ र निमा गुरुङ परे।

पछि, २०८१ पुस १९ गते भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरियो। सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले राहुल महरासहित तत्कालीन नासु रेवन्त खड्का, दिनेश खड्का, रोजन राउत, अमृत कार्की, रामकेशव थापा क्षेत्री, ललित थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगर, बेल्जियम नागरिक दावा छिरिङ र प्रेरणा राउतलाई प्रतिवादी बनाइएको थियो।

तर, त्यो चरणसम्म पुग्दा नेता महरामाथि भने मुद्दा चलाइएको थिएन। अहिले महराविरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि ...
। काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ...
, वाशिङटन डिसी (अमेरिका) । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले पीडितहरूको उजुरी आए झापाको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खुल्ने जानकारी दिएका छन् । उनले अहिलेको राज्य संयन्त्रमा यस्ता काम गर्न कुनै अवरोध नरहेको उल्लेख गरे । सोमबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यससम्बन्धी उजुरी अख्तियार वा प्रशासनमा आउनुपर्ने बताए । ‘पहिले उजुरी आउनुपर्‍यो । उजुरी अख्तियारमा पनि ...
: नेपाली कांग्रेसको १५ औँ महाधिवेशन गर्न केन्द्रीय पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। कांग्रेसका युवा नेताहरूको एक समूहले मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न माग गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्रमा भनिएको छ,ʻविधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागिताको ...