मुख्य समाचार
आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार
आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार

। जेनजी आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार भएका छन् ।

विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको हो ।

विपक्षी दलका नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले राष्ट्रपति एन्ड्री रजोएलिनाले आइतबार नै देश छाडेर भागेको पुष्टि गरेको समाचार संस्था रोयटर्सले सोमबार जनाएको छ ।

विपक्षी नेताले रोयटर्ससँग भने, ‘हामीले राष्ट्रपतिको कार्यालयमा सम्पर्क गर्दा राष्ट्रपतिले आइतबार देश छोडिसकेको पुष्टि गरेका छन् ।’

राष्ट्रपतिको कार्यालयले सोमबार बेलुका ७ बजे राष्ट्रलाई सम्बोधन गर्ने जनाएको थियो । तर त्यसपछि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सैनिक स्रोतले अनुसार राष्ट्रपति रजोएलिना आइतबार फ्रान्सेली सेनाको विमानमार्फत् मेडागास्करबाट बाहिरिएको बताएको छ ।

फ्रान्सको आरएफआई रेडियोका अनुसार उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग सम्पर्क गरेर देश छाडेका हुन् ।

सेनाका एक अधिकारीका अनुसार फ्रान्सेली सेनाको विमान आइतबार साँते मारी विमानस्थलमा अवतरण गरेको थियो ।

‘केही मिनेटपछि एउटा हेलिकोप्टर त्यहाँ आइपुग्यो र यात्रुलाई विमानमा चढायो, त्यो यात्री राष्ट्रपति रजोएलिना नै थिए,’ ती अधिकारीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पानीको संकट र बिजुली आपूर्तिको मुद्दा उठाउँदै गत सेप्टेम्बर २५ देखि मेडागास्करमा जेनजी प्रदर्शन सुरु भएको थियो ।

तर, लगत्तै आन्दोलनकारीले भ्रष्टाचार, शासकीय अव्यवस्था र आधारभूत सेवाको वितरणका पनि मुद्दामा प्रदर्शन चर्काए, जुन विद्रोहमा परिणत हुन पुग्यो ।

मेडागास्करको विद्रोह हालै नेपाल र मोरोक्कोमा भएका युवा आन्दोलनसँग मिल्दोजुल्दो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलन विद्रोहमा परिणत हुँदा केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो ।

रजोएलिनाले सन् २००९ मा क्यापसाट नामक विशेष सेनाको सहयोगमा सत्ता कब्जा गरेका थिए ।

तर अहिले सोही एकाइ प्रदर्शनकारीहरूको पक्ष लिँदै सडकमा उत्रिएको छ । क्यापसाटका सैनिकहरूले आन्दोलन दबाउन गोली चलाउन अस्वीकार गरेका थिए ।

सैनिकहरूले नै हजारौं प्रदर्शनकारीलाई राजधानी अन्तानानारिभोको मुख्य चौकसम्म सुरक्षा दिएका थिए ।

उनीहरूले नयाँ सेना प्रमुख नियुक्त गर्दै सेनाको नियन्त्रण लिने घोषणा गरेका थिए । त्यसपछि रजोएलिनाले आइतबार चेतावनी दिँदै भनेका थिए–देशमा सत्ताकब्जाको प्रयास भइरहेको छ ।’

सोमबार अर्धसैनिक जेन्डार्मेरीको एक समूहले पनि प्रदर्शनकारीको समर्थनमा आफ्नो नेतृत्व परिवर्तन गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

त्यस्तै, जनआक्रोशको केन्द्र बनेका सिनेटका अध्यक्षलाई पदमुक्त गर्दै जिन आन्द्रे न्द्रेमन्जारीलाई कार्यवाहक अध्यक्ष बनाइएको छ ।

मेडागास्करको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा सिनेट अध्यक्षले कार्यवाहक राष्ट्रप्रमुखको भूमिका सम्हाल्ने व्यवस्था छ ।

सोमबार राजधानीको मुख्य चौकमा हजारौं नागरिकले राष्ट्रपतिले अब तत्कालै राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

२२ वर्षीय होटल कामदार एड्रिनारिभोनी फानोमेगान्त्सोआले रोयटर्ससँग भने, ‘मासिक ३ लाख आरियारी (झण्डै ६७ अमेरिकी डलर) तलबले खाना खानसमेत पुग्दैन । १६ वर्षदेखि नेताहरूले जनताको लागि केही गरेका छैनन्, उनीहरू मात्रै धनी भएका छन् । हामी युवा पुस्ता, ‘जेन–जेड’, सबैभन्दा धेरै पीडामा छौं ।’

संयुक्त राष्ट्रसंघका अनुसार सेप्टेम्बर २५ यता भएको प्रदर्शन र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ ।

मेडागास्करमा पनि सत्ता परिवर्तनसँगै राजनीतिक अस्थिरता गहिरिँदै गएको छ । देशभरका हजारौं युवा अझै पनि सडकमा परिवर्तनको माग गर्दै प्रदर्शनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम