। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको जानकारी दिए ।
उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज २९ गते बुधबार बिहान साढे बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणाका साथै स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।