मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद्‌मा सम्बोधन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद्‌मा सम्बोधन

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायलको संसद्‌मा सम्बोधन गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भाषणपछि ट्रम्पले सम्बोधन गरेका थिए ।

इजरायल–गाजा युद्धको प्रसंग उठाउँदै ट्रम्पले अब मध्यपूर्वमा शान्ति कायम भएको बताए र त्यो सँधै कायम रहनेछ भन्ने विश्वास व्यक्त गरे ।

ट्रम्प बोलिरहँदा इजरायली संसद्‌मा सोमबार एकैछिन ‘हंगामा’ भयो । जसका कारण ट्रम्पले केहीबेर आफ्नो भाषण नै रोक्नुपर्‍यो ।

खासमा ट्रम्प बोलिरहँदा इजरायली विपक्षी दलका एक सांसदले एउटा कागज देखाए । जसमा लेखिएको थियो– ‘प्यालेस्टाइनलाई मान्यता देऊ ।’

लगत्तै मर्यादापालकले ती सांसदलाई संसद्‌बाट बाहिर निकालिदिए । प्यालेस्टाइनलाई मान्यता दिनुपर्ने लेखिएको कागज देखाउने सांसदलाई तत्कालै बाहिर निकाल्न मर्यादापालकको सक्रियता देखेरे ट्रम्पले भने, ‘त्यो त निकै छिटो भयो ।’ त्यसपछि ट्रम्पले आफ्नो सम्बोधन जारी राखे ।

सम्बोधनका क्रममा ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई धन्यवाद दिए । इजरायल र हमासबीच युद्धविराम सम्झौता गराउन मध्यस्थता गरेका अरब देशहरू इजिप्ट, कतार, टर्कीलाई पनि ट्रम्पले धन्यवाद दिए ।

ट्रम्पले भने, ‘मध्यपूर्वमा अराजकता, आतंक र बर्बादीका शक्तिहरू, जसले दशकौंदेखि यस क्षेत्रलाई त्रस्त बनाए, अब कमजोर, अलगथलग र पूर्णरूपले हारेका छन् ।’

यस वर्ष इरानको तीन परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको प्रसंग कोट्याउँदै ट्रम्पले भने, ‘इरानमा आक्रमण नगरिएको भए गाजामा शान्ति सम्झौता सम्भव थिएन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम