मुख्य समाचार
सुपर सिक्सको दोस्रो खेलमा जित निकालेपछि नेपाल अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने विश्वकपको निकै नजिक
सुपर सिक्सको दोस्रो खेलमा जित निकालेपछि नेपाल अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने विश्वकपको निकै नजिक

आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको दोस्रो खेलमा जित निकालेपछि नेपाल अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने विश्वकपको निकै नजिक पुगेको छ।


नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो। यो जितपछि कप्तान भन्छन्, ‘यो पाली मसँग जुन टिम छ, त्यो टिम विश्वकप खेल्नको लागि निकै भोको छ। हामी हरेक खेल जितिरहेका छौँ। जसरी यो सब भइरहेको छ, भगवान् हामी प्रति निकै दयालु हुनुभएको छ।’



उनले नेपाली टिममा भएका खेलाडीले फिल्डमा शतप्रतिशत दिएर खेल जितिरहेको बताए। उनले भने,‘आजको खेलमा १० ओभरसम्म उनीहरूले निकै राम्रो ब्याटिङ गरेका थिए। त्यसपछि सन्दीप दाइको बलिङ र दीपेन्द्र र आदिलको रनआउटले हामीलाई खेलमा फर्कायो।’


नेपालले सुपर सिक्स अन्तर्गत बुधबार समाओ र शुक्रबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...