: अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका आएका छन्। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनालले अमेरिका भ्रमणमा आएका हुन्।
सोहीक्रममा उनले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरे। चेम्बरको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुति विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरेका थिए।
अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट
अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार भेटवार्ता भएको छ। भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ।
भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका हुन्।