मुख्य समाचार
सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराए
सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराए

: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ। सन्दीप लामिछानेले उत्कृष्ट पाँच विकेट लिँदै नेपाललाई जित दिलाएका हुन्।


ओमनको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।



नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा १४२ रनमा अलआउट भएको हो।


कतारले पहिलो विकेटका लागि ७९ रनको उत्कृष्ट साझेदारी गरेको थियो । कतारका लागि ओपनर इमाल लियाङ्गीले सर्वाधिक ५६ रन बनाए। उनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अर्का ओपनर जुबेर अलिसँग ७९ रनको साझेदारी गरेका थिए। नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिए। नेपालले खेल गुमाइसकेको अवस्थामा सन्दीपले उत्कृष्ट विकेट लिए।

१२.२ ओभरमा कतारले १०० रन पूरा गर्‍यो। नेपालले १३.१ र १३.२ ओभरमा लगातार २ वटा रन आउटले खेलमा फर्कने मौका पाएको थियो। नन्दन यादवको बलिङमा १३.१ ओभरमा कप्तान मिर्जालाई दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले पेभेलियन फर्कायो। उनको प्रतिस्थापनमा आएका मोहम्मद तान्भिरलाई आदिल आलमले डाइरेक्ट हिटकै मार्फत पेभेलियनको बाटो देखाएका थिए।

१५.६ ओभरमा सन्दीप लामिछानेले नेपालको लागि पाँचौँ र व्यक्तिगत तेस्रो विकेट लिए। उनले साहजैब जमिल अहमिदलाई बोल्ड आउट बनाएका हुन्।

१६.२ ओभरमा कतारले छैटौँ विकेट गुमायो। कतारको मिडल अर्डर केल्याप्स हुँदा ओपनर ब्याटर जुबेर अलिले सम्हालिएको पारी खेले । उनी ५२ रन बनाउँदै १८.१ ओभरमा नन्दन यादवको बलमा गुल्सन झाको हातमा क्याच भए।

अन्तिम ओभरमा ९ रन जोगाउने जिम्मेवारी पाएका सन्दीपले अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई जित दिलाए।

नेपालको लागि बलिङ तर्फ सन्दीप लामिछानेले ३.५ ओभरमा सन्दीपले १८ रन खर्चिर्दै ५ विकेट लिए। नन्दन यादवले २ र दीपेन्द्र सिंह ऐरीले १विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाएका थिए। उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमायो। २.४ ओभरमा कुशलले ८ बलमा १ चौकासहित ६ रनमा मिर्जा मोहम्मद बैगको बलमा विकेटकिपरको हातमा क्याच भए।

अर्का ओपनर आसिफ शेख १२ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए। दुवै ओपनरको विकेट मिर्जाकै नाममा रह्यो।

पावरप्लेमा नेपालले दुवै ओपनरको विकेट गुमाउँदै ३३ रन जोडेको थियो।

६.५ ओभरमा २ रनमा क्याच मिस हुँदा जीवनदान पाएका कुशल मल्ल ७.४ ओभरमा ८ रनमा कट एण्ड बोल्ड भए।

४८ मा ३ विकेट गुमाएको नेपालले चौथो विकेटको दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ६२ रनको साझेदारी गरे। चौथो विकेटको रूपमा १४.६ ओभरमा दीपेन्द्र सिंह ऐरी क्याच आउट भए। उनले २१ बलमा २६ रन बनाए।

पाँचौँ विकेटको रूपमा आजको खेलमा मौका पाएका आदिल आलम २ रनमा कट एण्ड बोल्ड भए। छैटौँ विकेटको रूपमा कप्तान रोहितको विकेट गयो। १७.१ ओभरमा सन्दीप जोरा १ रनमै बोल्ड भए। गुल्सन झा १८.४ ओभरमा ८ बलमा १६ रन बनाएर बोल्ड भए।

सोमपाल कामी अन्तिम बलमा १४ रन बनाउँदै रनआउट भए। नन्दन यादव १ रनमा अविजित रहे।

कतारका लागि बलिङ तर्फ डेनिअल आर्चर र मिर्जा मोहम्मद बैगले समान ३–३ विकेट लिँदा मोहम्मद असिम अलि र ओइस अहमदले १–१ विकेट लिए।

नेपालले सुपर सिक्स अन्तर्गत बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...