मुख्य समाचार
सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराए
सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराए

: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ। सन्दीप लामिछानेले उत्कृष्ट पाँच विकेट लिँदै नेपाललाई जित दिलाएका हुन्।


ओमनको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।



नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा १४२ रनमा अलआउट भएको हो।


कतारले पहिलो विकेटका लागि ७९ रनको उत्कृष्ट साझेदारी गरेको थियो । कतारका लागि ओपनर इमाल लियाङ्गीले सर्वाधिक ५६ रन बनाए। उनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अर्का ओपनर जुबेर अलिसँग ७९ रनको साझेदारी गरेका थिए। नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिए। नेपालले खेल गुमाइसकेको अवस्थामा सन्दीपले उत्कृष्ट विकेट लिए।

१२.२ ओभरमा कतारले १०० रन पूरा गर्‍यो। नेपालले १३.१ र १३.२ ओभरमा लगातार २ वटा रन आउटले खेलमा फर्कने मौका पाएको थियो। नन्दन यादवको बलिङमा १३.१ ओभरमा कप्तान मिर्जालाई दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले पेभेलियन फर्कायो। उनको प्रतिस्थापनमा आएका मोहम्मद तान्भिरलाई आदिल आलमले डाइरेक्ट हिटकै मार्फत पेभेलियनको बाटो देखाएका थिए।

१५.६ ओभरमा सन्दीप लामिछानेले नेपालको लागि पाँचौँ र व्यक्तिगत तेस्रो विकेट लिए। उनले साहजैब जमिल अहमिदलाई बोल्ड आउट बनाएका हुन्।

१६.२ ओभरमा कतारले छैटौँ विकेट गुमायो। कतारको मिडल अर्डर केल्याप्स हुँदा ओपनर ब्याटर जुबेर अलिले सम्हालिएको पारी खेले । उनी ५२ रन बनाउँदै १८.१ ओभरमा नन्दन यादवको बलमा गुल्सन झाको हातमा क्याच भए।

अन्तिम ओभरमा ९ रन जोगाउने जिम्मेवारी पाएका सन्दीपले अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई जित दिलाए।

नेपालको लागि बलिङ तर्फ सन्दीप लामिछानेले ३.५ ओभरमा सन्दीपले १८ रन खर्चिर्दै ५ विकेट लिए। नन्दन यादवले २ र दीपेन्द्र सिंह ऐरीले १विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाएका थिए। उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमायो। २.४ ओभरमा कुशलले ८ बलमा १ चौकासहित ६ रनमा मिर्जा मोहम्मद बैगको बलमा विकेटकिपरको हातमा क्याच भए।

अर्का ओपनर आसिफ शेख १२ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए। दुवै ओपनरको विकेट मिर्जाकै नाममा रह्यो।

पावरप्लेमा नेपालले दुवै ओपनरको विकेट गुमाउँदै ३३ रन जोडेको थियो।

६.५ ओभरमा २ रनमा क्याच मिस हुँदा जीवनदान पाएका कुशल मल्ल ७.४ ओभरमा ८ रनमा कट एण्ड बोल्ड भए।

४८ मा ३ विकेट गुमाएको नेपालले चौथो विकेटको दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ६२ रनको साझेदारी गरे। चौथो विकेटको रूपमा १४.६ ओभरमा दीपेन्द्र सिंह ऐरी क्याच आउट भए। उनले २१ बलमा २६ रन बनाए।

पाँचौँ विकेटको रूपमा आजको खेलमा मौका पाएका आदिल आलम २ रनमा कट एण्ड बोल्ड भए। छैटौँ विकेटको रूपमा कप्तान रोहितको विकेट गयो। १७.१ ओभरमा सन्दीप जोरा १ रनमै बोल्ड भए। गुल्सन झा १८.४ ओभरमा ८ बलमा १६ रन बनाएर बोल्ड भए।

सोमपाल कामी अन्तिम बलमा १४ रन बनाउँदै रनआउट भए। नन्दन यादव १ रनमा अविजित रहे।

कतारका लागि बलिङ तर्फ डेनिअल आर्चर र मिर्जा मोहम्मद बैगले समान ३–३ विकेट लिँदा मोहम्मद असिम अलि र ओइस अहमदले १–१ विकेट लिए।

नेपालले सुपर सिक्स अन्तर्गत बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...