मुख्य समाचार
ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी
ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै यस्तो चेतावनी दिएका हुन् । २,५०० किलोमिटर (१,५०० माइल) सम्म मार हान्न सक्ने क्षमताका कारण यो मिसाइल युक्रेनले प्राप्त गरेमा मास्कोमाथि खतरा बढ्नेछ ।
उनले भने, ‘म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु- ‘हेर्नुहोस्, यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउनेछु ।’
उनका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन ।
त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारहरूमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ ।
‘युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार भएको टेलिफोन संवादमा अमेरिकाबाट नयाँ हतियार आपूर्ति, विशेषगरी टोमाहाकबारे माग गरेका थिए’, ट्रम्पले भने, ‘टोमाहाक आपूर्ति कुनै आक्रामक कदम होइन, तर यो आवश्यक सन्देश हो — के उनीहरू ती मिसाइलहरू आफ्नो दिशामा आउन चाहन्छन् ? मलाई लाग्दैन ।’
रुसी राष्ट्रपति पुटिनले यसअघि नै वासिङ्टनलाई चेतावनी दिँदै किएभलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न आग्रह गरेका थिए । उनका अनुसार त्यसले अमेरिकासँगको सम्बन्धमा ठूलो तनाव ल्याउन सक्नेछ र युद्ध अझ बढ्न सक्छ ।
राष्ट्रपति ट्रम्पले भने यो युक्रेन युद्ध आफ्नो कार्यकालमा समाधान गर्न चाहने प्रमुख चुनौतीहरूमध्ये एक रहेको उल्लेख गरे ।
उनका अनुसार अब चौथो वर्षमा पुगेको यो युद्ध सन् २०२२ फेब्रुअरीमा सुरु भएको हो, जब रुसले पश्चिम समर्थक युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेको थियो ।
ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहेका छन् ।
उनको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम