मुख्य समाचार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई जरिबाना गरेको छ भने १३ वटालाई सामान्य निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई जरिबाना गरेको छ भने १३ वटालाई सामान्य निर्देशन

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई जरिबाना गरेको छ भने १३ वटालाई सामान्य निर्देशन दिएको छ ।

विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो । विभागको अनुगमन टोलीले अनुगमन क्रममा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची नराख्ने १५ फर्मलाई ३ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले काठमाडौं महानगरपालिका–१३ स्थित केके मेटल स्टोरलाई १ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

यस्तै काठमाडौं–२७ को श्रद्धा भाँडा पसल, काठमाडौं–२४ को प्रकाश बानियाँ भाँडा पसल र काठमाडौं–२४ को बानियाँ बन्धु भाँडा पसललाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले काठमाडौं–१० को अग्नि हस्तकला उद्योग, काठमाडौं–२० को जल्पा सुपर मार्केट प्रालि र डब्लू एस ड्राई फुड्सलाई जनही २० हजार जरिबाना तिराएको छ ।

त्यस्तै ललितपुर महानगरपालिका–१९ को लगन ताम्राकार सपिङ सेन्टर, काठमाडौं–१३ को बानियाँ किचन क्राफ्ट र माँ भवानी खाद्य किराना स्टोरलाई जनही १० हजार जरिबाना तोकिएको छ ।

यसैगरी विकास जनरल इम्पेक्स, जय भोलेनाथ स्टोर, बालभक्त श्रेष्ठ, ताम्राकार स्टोर र मुस्कान स्टोरलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै विभागले अन्य १४ फर्म तथा पसललाई सामान्य निर्देशन मात्रै दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम