मुख्य समाचार
नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिए
नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिए

। नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिएका छन्।

सोमबार ह्वाइट हाउसले सार्वजनिक गरेको अडियो क्लिपमा ट्रम्प भन्छन्, ‘मैले अहिलेसम्म आठवटा युद्ध रोकेको छु। यो गर्न पाउनु गर्वको कुरा हो। मैले लाखौं जनताको ज्यान बचाएको छु।’


ट्रम्पले थपेका छन्, ‘हालै दिइएको नोबेल शान्ति पुरस्कार २०२४ का लागि चयन गरिएको थियो। तर केहीले म अपवाद हुन सक्ने बताएका थिए किनभने मैले जुन युद्धहरू रोकेँ ती सबै यसै वर्ष सन् २०२५ का घटनाक्रम हुन्। तर मैले यो नोबेलका लागि होइन, मानिसको जीवन बचाउनका लागि गरेको हुँ ।’

उनले पाकिस्तान र अफगानिस्तानबीच चलिरहेको युद्ध पनि रोक्ने बताएका छन् । ‘मैले सुनेँ, पाकिस्तान र अफगानिस्तानबीच पनि युद्ध चलिरहेको छ। मैले भनेको छु, उनीहरूले म फर्केर आउन्जेल पर्खनुपर्छ, किनकि म युद्ध सुल्झाउन माहिर छु।’



ट्रम्प अहिले गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत इजरायल पुगेका छन् । त्यहाँबाट उनी इजिप्ट जानेछन् । इजिप्टमा गाजा युद्ध अन्त्य गर्ने समझदारीबारे छलफल हुनेछ ।

इजरायलको संसदमा ट्रम्पको सम्बोधन

ट्रम्प हमासले बन्धक बनाएका बन्दीहरूलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुनेछन् । त्यसका लागि उनी इजरायल प्रस्थान गरेका छन् ।

गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् ।

सोमबार इजरायल पुगेर ट्रम्पले त्यहाँको संसदलाई सम्बोधन गर्नेछन् ।

इजिप्ट बैठकमा को-को सहभागी हुन्छन् ?

समाचार संस्था रोयटर्सका अनुसार, यो बैठक शर्म अल-शेखमा हुनेछ। यसमा अमेरिकी राष्ट्रपति ट्रम्पसहित २० देशका नेताहरू सहभागी हुनेछन् ।

मिडिया रिपोर्टअनुसार, यहाँ सहभागी हुन अमेरिका स्पेन, जापान, अजरबैजान, आर्मेनिया, हङ्गेरी, एल साल्भाडोर, साइप्रस, ग्रीस, बहरेन, कुवेत, क्यानडा लगायत देशलाई निमन्त्रणा पठाएको छ।

इरानलाई पनि आमन्त्रित गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सोमबार इजिप्टमा हुने सम्मेलनमा सहभागी हुनेछन् ।

इजिप्टको विदेश मन्त्रालयका अनुसार ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा उक्त सम्मेलनमा हस्ताक्षर गरिने छ ।

गाजा युद्धविराम सम्झौताको पहिलो चरणअनुसार आज इजरायली सेनाले २ वर्षपछि गाजाबाट फिर्ती सुरु गर्नेछ। यसको बदलामा हमासले ४८ जना इजरायली बन्धकलाई मुक्त गर्नेछ, जसमा २० जना जीवित र २८ शव समावेश छन्।

इजरायली सेनाले शुक्रबार दिउँसोभित्र गाजाबाट प्रारम्भिक फिर्ती पूरा गरिसकेको थियो। त्यसपछि हमासलाई ७२ घण्टा समय दिइएको छ। यो प्रक्रिया ट्रम्पको २० सूत्रीय युद्धविराम योजनाअन्तर्गत भइरहेको हो ।

इजरायली सेनाको फिर्ती दुई चरणमा हुनेछ ।

पहिलो चरण ६ हप्ताको हुनेछ । यो समयमा –

हमासले २० जना जीवित र २८ शव फिर्ता गर्नेछ।
इजरायलले २,००० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ।
इजरायली सेनाले गाजाको ७० प्रतिशत (लगभग २१० वर्ग किलोमिटर) क्षेत्रबाट फिर्ती लिनेछ।
उनीहरू ‘यलो लाइन’ पछाडि रहनेछन्।
पहिलो ५ दिन प्रत्येक दिन ४०० ट्रकमा खाना, औषधि र राहत सामग्री पठाइनेछ।
विस्थापित प्यालेस्टिनीहरू घर फर्कन पाउनेछन्।
दोस्रो चरण भने २ वर्षपछि सुरु हुनेछ । त्यतिबेला –

इजरायलले बाँकी ३० प्रतिशत क्षेत्रबाट पनि सेना फिर्ती गर्नेछ।
इजिप्ट, कतार, टर्कीए, यूएई र अमेरिका संलग्न संयन्त्रले सुरक्षा हेर्नेछ।
हमासले हतियार त्याग्नेछ र गाजामा नयाँ सरकार गठन बारे वार्ता हुनेछ।
हतियार नत्याग्ने हमासको संकेत

हमासले गाजाको प्रशासन अरू कुनै प्यालेस्टिनी समूहलाई हस्तान्तरण गर्न तयार भएको जनाएको छ । तर, यसका लागि प्यालेस्टिनी जनताको सहमति र अरब–इस्लामिक देशहरूको समर्थन चाहिने शर्त राखेको छ ।

हमासले प्यालेस्टिनी जनताको भविष्यबारे हुने वार्तामा सहभागी हुने चाहना पनि राखेको छ । हमासका पोलिटब्युरो सदस्य मोउसा अबु मार्जुकले अल जजिरासँग भने, ‘जबसम्म गाजामाथि इजरायली कब्जा अन्त्य हुँदैन, हामी हतियार त्याग्नेछैनौं ।’

उनले थपे, ‘हामी भविष्यको प्यालेस्टिनी राज्यलाई हतियार हस्तान्तरण गर्न तयार छौं, जसले गाजामा शासन गर्नेछ।’

( एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम