। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारसँग खेल्दै छ ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।
यता कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकविहीन अवस्थामा सुरु गरेको कतारलाई जितको आवश्यकता हुनेछ ।
नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि कतारसँग खेलेको थियो जहाँ १६ रनले विजयी भएको थियो ।
टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन् । जहाँ नेपालले २ खेल जित्दा कतारले १ खेल जितेको छ ।
नेपालले यसपछि बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।