मुख्य समाचार
इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु
इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक आइतबार भएको कार दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु भएको छ । दुर्घटनामा थप दुई घाइते भएका छन्।

सुरक्षा सूत्रका अनुसार, ती कूटनीतिज्ञको कार शहरबाट करिब ५० किलोमिटर टाढा एक मोडमा पल्टिएको थियो। यो दुर्घटना सोमबार इजिप्टमा आयोजना हुँदै गरेको गाजा शान्ति योजनाका अन्तिम वार्ताका एक दिनअघिको घटना हो।


तर अहिलेसम्म मृत कूटनीतिज्ञहरू कतारको ती वार्ता टोलीको सदस्य रहेको बारे केही स्पष्ट भएको छैन । कतारी कुटनीतिज्ञहरूको एक टोली अहिले इजिप्टका अधिकारीहरूसँग मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनाको पहिलो चरणका लागि वार्तामा छ ।

शिखर सम्मेलनको सह-अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल फतह अल-सिसि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्। शनिबार जारी विज्ञप्ति अनुसार, यस सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्।



सम्मेलनको उद्देश्य गाजामा युद्ध अन्त्य गराउन, मध्यपूर्वमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्नु हो।

हमासले भने इजिप्टमा हुने गाजा शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोहमा सहभागी नहुने बताएको छ । हमासका एक वरिष्ठ नेताले ट्रम्पको योजनाका केही पक्षप्रति असहमति व्यक्त गरेका छन्।

टाइम्स अफ इजरायलमा आएको रिपोर्ट अनुसार, हमास नेताहरूले आफ्ना सदस्यहरूलाई गाजा छोड्न प्रस्ताव गर्नु ‘वाहियात’ भएको भन्दै खारेज गरेका छन्।

ट्रम्पले बुधबार इजरायल र हमासले उनकी २०- बुँदे योजनाको पहिलो चरणमा सहमति जनाएका बताएका छन् । यस योजनाको उद्देश्य गाजामा युद्धविराम कायम गराउनु, सबै इजरायली बन्धकहरूको रिहाइका बदला करिब २,००० प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली सेनाहरूको क्रमशः फिर्ता पुष्टि गर्नु हो।

पहिलो चरण स्थानीय समयअनुसार, शुक्रबार अपराह्न सवा १२ बजेबाट लागू भएको थियो।

योजनाको दोस्रो चरणमा गाजामा नयाँ शासन व्यवस्था स्थापना गर्नु, प्यालेस्टिनी कर्मचारी र अरब–इस्लामिक देशका सैनिकहरू मिलेर एक सुरक्षा बल गठन गर्नु र हमासको निशस्त्रीकरण सुनिश्चित गर्नु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम