मुख्य समाचार
सुपर सिक्समा १ रनको रोमाञ्चक जित
सुपर सिक्समा १ रनको रोमाञ्चक जित

। नेपाली क्रिकेट टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो ।

दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा यूएईविरुद्ध लगातार तीन खेलको हारको शृंखला टुङ्ग्याउँदै टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको सुपर सिक्समा १ रनको रोमाञ्चक जित हात पारेको छ ।

अल अमेरत ग्राउण्डमा कप्तान रोहित कुमार पौडेलले टस जितेपछि नेपालले ओपसनर आसिफ शेखको अर्धशतकमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

१४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएपछि नेपालले हार नजिक पुगेर जित निकाल्यो । रोमाञ्चक जितपछि नेपालका कप्तान रोहित पौडेलले १५-२० रन थोरै भएपनि बलिङमा पुनरागमन गर्द जित सम्भव भएको बताए ।

‘१४० रन बोर्डमा पर्याप्त थिएन । हामीले १६०-१७० रन बनाउनुपर्ने थियो । तर उनीहरुले लास्ट १० ओभरमा राम्रो बलिङ गरे । क्रेडिट उनीहरुलाई जान्छ । तर अन्तिममा हामी विनिङ साइडमा रह्यौं’ रोहितले पोष्ट म्याचमा भने, ‘विश्वास सधैं थियो । हामी १ विकेट हेरिरहेका थियौं । जब हामीले अलिसानको विकेट लियौं हामीलाई थाहा थियो अब खेलमा फर्कन सकिन्छ।’

टी-२० खेलमा १ रनको जित/हार निकै रोचक हुने गर्छ । आजको दिन नेपालको पक्षमा रह्यो । त्यसमा दीपेन्द्र सिंह ऐरी अर्थात ‘टाइगर’ले सानदार प्रदर्शन गरे ।



ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा भने उनले जबरजस्त प्रदर्शन गरे । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका उनले एक रनआउट पनि गरे ।

रोहितले दीपेन्द्रको निकै तारिफ पनि गरे । ‘यदि तपाईँसँग दीपेन्द्र सिंह ऐरी छ भने अरु केही चाहिँदैन । दीपेन्द्रले रन नबनाए पनि बलिङ र रनआउटबाट योगदान गर्छन् । उनी फुल प्याकेज हुन्’ दीपेन्द्रको प्रदर्शनबारे कप्तान रोहितले भने ।

सुपर सिक्समा यूएईलाई हराएपछि नेपालले घरेलु टोली ओमान समान ४ अंक जोडेको छ र अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि एक खुड्किलो अगाडि बढाएको छ ।

एसोसिएट क्रिकेटमा ‘एल क्लासिको’को रूपमा चर्चा पाएको नेपाल र यूएईबीच आइतबारको खेल पनि त्यस्तै रह्यो । खेल प्रतिस्पर्धात्मक मात्र भएन फिनिसिङ पनि निकै रोमाञ्चक रह्यो ।

दुवै टिमका एक एक खेलाडीले अर्धशतक प्रहार गरे । पहिलो इनिङमा नेपालका आसिफ शेखले ४७ बलमा ५१ रन बनाएका थिए । यूएईले उत्कृष्ट बलिङ गरेको थियो । ६ बलरहरुले १-१ विकेट लिए ।

त्यसपछि दोस्रो इनिङमा यूएईका अलिशान सराफुले अर्धशतक प्रहार गरे । उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

यूएई कुनै समय ८३-१ को अवस्थामा थियो । सोमपालले कप्तान मुहम्मद वासिमलाई १ रनमै आउट गरेका थिए । तर त्यसपछि खेलमा नायक हुने पालो आयो दीपेन्द्रको । दीपेन्द्रले नै सराफु र जोनाथन फिगीको ८१ रनको साझेदारी तोडे । उनले १२औं ओभरमा फिगीलाई आउट गर्दै पहिलो विकेट लिए ।

त्यसपछि १४औं ओभरमा दीपेन्द्रले सराफुको महत्वपूर्ण विकेट लिए । अर्धशतक बनाउँदै यूएईको इनिङ्स सम्हालेका सराफुलाई दीपेन्द्रले बोल्ड गर्दै खेललाई नेपालतिर ढल्काए ।



त्यसपछि गुल्सनले १५औं ओभरमा हर्सित कोशिकलाई आउट गरे । सन्दीप लामिछानेले बलिङ गरेको १६औं ओभरमा नेपालले २ विकेट लियो । सन्दीपको बलिङमा दीपेन्द्रले नै राहुल चोपरालाई रनआउट गरे भने सन्दीपले बसिल हमिदलाई बोल्ड गरे ।

त्यसपछि खेलको क्लाइमेक्स अन्तिम ओभरमा देखियो । यूएई जितको नजिक थियो । क्रिजमा सेट ब्याटर ध्रुव पारासेर थिए । तर अन्तिम ओभरको नायक दीपेन्द्र बने ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए । खेलको अन्तिम ओभर बलिङ गरेका उनले १० रन डिफेण्ड गरे ।

जाहिद अलीले पहिलो बलमा सिंगल लिएर पारासारलाई स्ट्राइक दिए । दोस्रो बल डट खेलेका पारासारले तेस्रो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेपछि यूएई १३८-६ रन बनाउँदै जितको निकै नजिक पुगेको थियो ।

तर अन्तिम तीन बलको कथा अर्कै थियो । चौथो बलमा दीपेन्द्रले पारासारलाई सन्दीप जोराबाट लङअनमा क्याचआउट गराए ।

अझ पाँचौ बलको कथा निकै रोचक छ । दुई रन लिने चक्करमा रहेका यूएईका ब्याटर दोस्रो रन लिने क्रममा हैदर अली रनआउट भए । तर पहिलो बलमै शर्ट रहेपछि यूएईले १ रन पनि पाएन ।

३ बलमा ३ रन आवश्यक रहेको यूएईले अब अन्तिम बलमा ३ रन जोड्नुपर्ने अवस्था आयो । यस्तोमा जुनैद सिद्दिकीले एक रन लिएपनि दोस्रो रन लिने क्रममा जाहिद अली पनि रनआउट भए ।

यूएईका कप्तान मुहम्मद वासिमले एक रन शर्ट हुँदा खेलमा घाटा लागेको बताए । यस्तै उनले अब आउने खेलमा अझ बलियो भएर आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम