मुख्य समाचार
यूएईसँगको खेलमा आसिफ शेखले टी-२० अन्तर्राष्ट्रियमा नवौँ अर्धशतक प्रहार
यूएईसँगको खेलमा आसिफ शेखले टी-२० अन्तर्राष्ट्रियमा नवौँ अर्धशतक प्रहार

: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत यूएईसँगको खेलमा आसिफ शेखले टी-२० अन्तर्राष्ट्रियमा नवौँ अर्धशतक प्रहार गरेका छन्।


ओमानस्थित अल अमेरत क्रिकेट मैदानको ट्रफ १ मा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले हाल १६ ओभर सकिँदा ३ विकेट गुमाउँदै १०३ रन बनाएर खेलिरहेको छ।

आसिफले ४५ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनी अर्धशतक पूरा गरेपछि ५१ रनमा बोल्ड आउट भए।


आसिफले २०२१ मा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए। आसिफले ६४ खेलमा ६३ इनिङ्समा ८ वटा अर्धशतक प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जित पूरा गरेको छ । आइतबार भएको यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेपछि नेपालको जित संख्या १०० पुगेको हो । यो टी-२०आई र ओडिआई दुवै फर्म्याटको आँकडा हो । नेपालले हालसम्म १०९ टी-२०आई खेलमा ६२ जित निकालेको छ भने ७७ ओडिआई खेलमा ३८ जित निकालेको छ । दुवै फर्म्याटमा ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारसँग खेल्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ । नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा ...
। वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनराइन चन्द्रपल नेपाल प्रिमियर लिग (एनपीएल)को साविक विजेता टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । जनकपुरले सोमबार विहान चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । चन्द्रपल वेस्ट इन्डिजका महान् ब्याटरमध्ये एक हुन् । दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपालले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका छन् । ...
। नेपाली क्रिकेट टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो । दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा यूएईविरुद्ध लगातार तीन खेलको हारको शृंखला टुङ्ग्याउँदै टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको सुपर सिक्समा १ रनको रोमाञ्चक जित हात पारेको छ । अल अमेरत ग्राउण्डमा कप्तान रोहित कुमार पौडेलले टस जितेपछि ...
: नेपालको फुटबल खेललाई चलायमान बनाउन माग गर्दै नेपाली फुटबल समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका छन् । लामो समयदेखि ए डिभिजन लिग आयोजना गर्न नसकेको र एन्फालाई पारदर्शी ढंगले अघि बढाउन नसकेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले विश्वकप ४ बर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ...