मुख्य समाचार
मन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताए
मन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताए

— भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताएका छन् ।


शनिबार इलाम पुगेका मन्त्री घिसिङले जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा इलामलाई संकटग्रस्त क्षेत्र घोषणा भइसकेको भन्दै पुनर्स्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाइने स्पस्ट पारे । 'यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो,' उनले भने, 'तर अब तीनै तह — संघ, प्रदेश र स्थानीय — मिलेर पुनर्निर्माणमा गम्भीर भएर लाग्न जरुरी छ ।'

मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रमा ठेकेदारहरूले काम नगरी आयोजना बन्धक बनाउने अभ्यास अन्त्य हुने चेतावनी पनि दिए । 'कुनै ठेकेदारले काम नगरी आयोजना होल्ड गर्न पाउँदैन, यस्ता ठेकेदारमाथि तत्काल कारबाही गर्छौं,' उनको भनाइ थियो । उनले बेलिब्रिज, झोलुंगे पुल र स्थायी पक्की पुल निर्माणलाई तीव्रता दिने घोषणा गरे ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लामा हालसम्म ३९ जनाको मृत्यु, २६ जना घाइते र ६ जना उपचाररत छन् । घाइते तथा गर्भवती ११ जनाको हवाई उद्धार गरिएको छ । जिल्लामा २७६ जना विस्थापित, १५१ घर पूर्ण रूपमा नष्ट र ३२७ घर आंशिक क्षतिग्रस्त भएका छन् ।

११ वटा पुल र २१ वटा कल्भर्ट क्षतिग्रस्त भएका छन् । राजदुवाली, मेलासे र मांसेवुङ जोड्ने सडक विच्छेद भएको छ भने माइ–जोगमाई सडक पनि अवरुद्ध छ ।


नेपालका अनुसार राहत वितरण पालिकामार्फत भइरहेको छ । 'संघ सरकारले पठाएको दुई लाख रुपैयाँ मृतक परिवारमा पुगिसकेको छ,' उनले बताइन् ।

फाकफोकथुमका १६ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था आएको र राहत रकम वितरण प्रशासनको स्वीकृतिबाट मात्रै गर्न निर्देशन दिइएको उनले बताइन् ।



इलाम नगरपालिकाका मेयर केशव थापाले तीन महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । 'खानेपानी, स्वास्थ्य र आवास अहिलेका प्रमुख चुनौती हुन्,' उनले भने ।

स्थानीयस्तरमा विपद व्यवस्थापनका लागि बजेट अपर्याप्त भएकाले संघ र प्रदेश दुवैतर्फबाट विशेष सहयोग माग गरिएको छ । विद्युत् प्राधिकरणका प्रमुख बिजुलीप्रसाद यादवका अनुसार जिल्लाका सबै पालिकामा विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय इलामका पवन भट्टराईले राजदुवाली सडक आजै खुलाउने प्रयास भइरहेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा औषधि अभावको समस्या देखिएको र स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा खटाइएको जनाइएको छ ।

राहत र पुनर्निर्माण योजना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले प्रभावित परिवारलाई तत्काल सहयोगका लागि रकम पठाइने बताए । 'स्थायी आवासका लागि प्रतिपरिवार चार लाख अनुदान दिने र जमिन नहुनेलाई थप तीन लाख उपलब्ध गराइनेछ,' उनले भने ।

बस्ती स्थानान्तरणका लागि जग्गा खोज्ने जिम्मेवारी स्थानीय तहले लिनेछन् भने अनुगमन पनि स्थानीय तहकै मातहतमा हुनेछ ।

भौतिक सचिव केशवकुमार शर्माले निर्माण सामग्री खरिदका लागि परिषद् बसेर विशेष निर्णय गर्न सकिने बताए । गृहसचिव मधुसूदन आचार्यले विस्थापित प्रहरी चौकीहरु तत्काल पुन:स्थापनाका लागि पहल गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम