मुख्य समाचार
सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन
सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन

: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ।


आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न अनुमति लिनेबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सो हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात १५ करोड ७६ लाख ४० हजार १९५ नेपाली रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ।



८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यसवर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका बोर्डका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। उनीहरूमध्ये ९५ जना महिला र २७९ जना पुरुष हुन्। ४२ वटा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट कूल १९ करोड राजस्व संकलन भएको थियो। जसमध्ये झण्डै १६ करोड मनास्लुबाटै संकलन भएको छ। कूल ८०२ आरोहीमध्ये ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्।


विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए। उनीहरूबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ राजस्व संकलन भएको छ। आठहजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई–दुईजनाले मात्र अनुमति लिएका विभागले जनाएको छ।

विश्वको आठौं, नेपालको सातौं अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित छ। यो सिजनमा अरु हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य हुन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...