मुख्य समाचार
नेपाल बन्यो समूह विजेता आइतबार यूएईसँग खेल्ने
नेपाल बन्यो समूह विजेता आइतबार यूएईसँग खेल्ने

: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ।


ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।

जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।


नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाएका हुन्।
नेपालले ४.५ ओभरमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा३ चौकासहित २१ रन बनाएर क्याच भए। नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो।

७.२ ओभरमा नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो। सन्दीप जोरा ५ र कुशल मल्लले ४ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित कुमार पौडेलले १९ बलमा १ चौकासहित १८ रन बनाए।

१४ ओभरमा नेपालले ५ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। छैटौँ विकेटका लागि गुल्सन झा र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए। दीपेन्द्र सिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे।

जापानका लागि शोमा सल्तारले २ विकेट लिँदा, रियो साकुरानो थोमस, सबाओरिस रविचन्द्रन र डिक्लान सुजुकीले १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको जापानका लागि कप्तान केन्डेल काडोवकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
पावरप्लेमा १ विकेट गुमाउँदै ३१ रन बनाएको थियो।

८.२ ओभरमा जापानले १ विकेट गुमाउँदै ५० रन पूरा गर्‍यो। १० ओभरमा ७० रन पूरा गरेको जापानले १२.५ ओभरमा ९७ रन बनाउँदा दोस्रो विकेट गयो । फ्लेमिङ र इस्मान रहमानले जापानका लागि ८६ रनको ठूलो साझेदारी गरेका थिए। इस्मानले २५ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।

१३.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। बेन्जामेन डेभिसले १७ रन बनाए।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए। जापानका २ ब्याटर रन आउट भए।

समूह 'बी'को अन्तिम खेलको रूपमा रहेको यो खेल जित्दै नेपाल २ अंक सहति सुपर सिक्समा प्रवेश गरेको छ।आजको खेलमा नेपालसँग हार बेहोरे पनि जापानले सुपर सिक्समा स्थान बनाइसकेको छ।

समूह 'बी'मा रहेको कुवेत भने नेपाल र जापान दुवैसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।

नेपालले समूह 'बी'को विजेताको रूपमा समूह 'ए'को विजेता यूएईसँनग आइतबार सुपर सिक्सको खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...