मुख्य समाचार
नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ
नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ

: बैंकिङ प्रणालीमार्फत हुने डिजिटाइजेसन हुने कारोबारलाई थप प्रवर्धन गर्न नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन,२०८१’मा संशोधन गर्दै डेबिट कार्डको सीमा घटाएको हो ।


संशोधित व्यवस्थाअनुसार अब ग्राहकहरूले बैंकको एटीएममार्फत डेबिट कार्डको प्रयोग गर्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजारसम्म र प्रतिमहिना अधिकतम ३ लाख रुपैयाँसम्म नगद झिक्न पाउने छन् । जबकि, यसअघि डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाखसम्म र प्रतिमहिना अधिकतम ४ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो ।



केन्द्रीय बैंकले डेबिट कार्डको सीमा घटाए पनि प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत् राखेको छ । जसअनुरूप बैंक तथा वित्तीय संस्थाको प्रिपेड कार्डको प्रयोग गर्दा प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजारसम्म र प्रतिमहिना अधिकतम २ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्थाबाहेक सेवाप्रदायक संस्थाहरूको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजारसम्म र प्रतिमहिना अधिकतम २५ हजार रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था कायम छ । यस्तै, क्रेडिट कार्डबाट भने बैंक तथा वित्तीय संस्थाहरको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न सक्ने व्यवस्था यथावत् छ ।


यसै क्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित पछिल्लो समय विद्युतीय माध्यमबाट हुने कारोबार वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवर्धन गर्न डेबिट कार्डबाट हुने नगद सीमा घटाएको बताउँछन् । ‘नगद कारोबारलाई बिस्तारै कम गर्दै जाने र डिजिटल कारोबारलाई नै बढाउँदै जाने भन्ने हिसाबले नगदको सीमा घटाएका हौं । साँच्चै पनि एटीएमको कारोबारहरू बिस्तारै घटिरहेको छ,’ भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशकसमेत रहेका प्रवक्ता पण्डितले अन्नपूर्णसँग भने ।

यता तथ्यांकले पनि बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका विद्युतीय बैंकिङ (ई–बैंकिङ) उपकरणहरूमा आकर्षण बढ्दो देखाएको छ । विद्युतीय वालेट, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अझ यी उपकरणबाट क्यूआर कोड प्रयोगबाट भुक्तानी गर्ने ग्राहक पनि बढेका छन् । समयको माग, सरल, सहज भएकाले युवापुस्ता यसमा आर्षित हुनु स्वाभाविक हो । डिजिटल प्रयोगकर्ताहरू पनि बढेको र उनीहरूले गर्ने कारोबार वृद्धि भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थामा डेबिट कार्डका प्रयोगकर्ताहरूले गत साउनमा मात्रै एटीएमबाट ८५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ नगद झिकेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । तर, यसको तुलनामा सोही महिना मोबाइल बैंकिङका ग्राहकहरूले ८ खर्ब ७४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । यससँगै, वालेट, इन्टरनेट बैंकिङ, क्यूआरमा आधारित भुक्तानी, पोस मेसिनलगायतबाट हुने भुक्तानी पनि राम्रै फस्टाएको छ । यसकारण केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नै बढी जोड दिएर नगद क्रमशः कम गर्दै जान खोजेकाले सीमा पनि घटाउको तर्क गरेको हो । यद्यपि, सरकारले बजेटमा र केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पटकपटक डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देशभरिका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको जेठसम्म ६० अर्ब ६० करोड लगानी प्रतिबद्धता आएको थियो । चालु आवको साउनमा सबैभन्दा ...
। मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धन सहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धि पश्चात् निर्माण व्यवसायीले अहिलेसम्म पनि मूल्य समायोजन नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग र व्यवसायीहरू इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको महासंघका महासचिव शिवहरि घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । आ.व. २०८३/०८४ को बजेट ...
। अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ । म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा नेपालमा दुई लक्जरी होटल र भारत सिलिगुडीमा एक होटल सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । म्यारिअट र सीजी दुवैै विश्वस्तरीय ...
। सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने ...