मुख्य समाचार
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय

भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ ।

शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो।

एक्समा गरिएको एक पोस्टमा, नोबेल समितिले ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनका लागि गरिएको उनको निरन्तर प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि गरिएको संघर्षको कारण प्रदान गरिएको उल्लेख छ ।

नोबेल समितिका अध्यक्षका अनुसार भेनेजुएलाको विपक्षी दलले चुनावी अनुगमनकर्ताको सहयोगमा संकलित मतदान परिणाम सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो । तर शासकले परिणाम अस्वीकार गरेर सत्तामा टाँसिरह्यो । ‘स्थायी शान्तिको लागि लोकतन्त्र पूर्वसर्त हो । तर हामी आज यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ लोकतन्त्र पछि हट्दैछ’ उनले भने ।
उनले चेतावनी दिँदै धेरैजसो अधिनायकवादी शासकहरू सामान्य मान्यताहरूलाई चुनौती दिइरहेका छन् र हिंसाको सहारामा जाने क्रम बढ्दो छ रहेको बताए ।

भेनेजुएलाको नेतृत्वको आलोचना गर्दै उनले भने,’ यस्तै प्रवृत्ति हामी संसारभर देखिरहेका छौं -जहाँ कानूनी शासनलाई सत्तामा बसेकाहरूले दुरुपयोग गर्छन्, स्वतन्त्र सञ्चारमाध्यमहरूलाई चुप लगाइन्छ, आलोचकहरू जेल हालिन्छन्, र समाजलाई अधिनायकवाद तथा सैन्यकरणतर्फ धकेलिन्छ।’

मारिया कोरीना माचाडो भेनेजुएलाकी विपक्षी नेतृ हुन्।
उनी गएको वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट रोकिएकी थिइन्, जुन चुनावलाई अन्तर्राष्ट्रिय रूपमा न स्वतन्त्र न निष्पक्ष भनेर व्यापक रूपमा खारेज गरिएको थियो ।

उनले आफ्ना उम्मेदवार एडमुन्डो गोन्जालेज को समर्थनमा सडकमा विशाल भिड जम्मा गर्न सफल भएकी थिइन्। यसले निकोलस माडुरोको सरकारलाई चिन्तित बनाएको थियो । किनकी उनी विपक्षीलाई एकताबद्ध गर्ने नेतृको रूपमा देखा परेकी थिइन् । उनले हजारौं नागरिकलाई सडकमा र मतदान केन्द्रसम्म ल्याउन सफल भएकी थिइन् ।

गत वर्ष गरिएका सबै मतसर्वेक्षणहरूले उनको अभियानले जित्ने सम्भावना देखाएका थिए।
तर, चुनाव अवलोकनकर्ताहरूले धेरै अनियमितताको प्रमाण प्रस्तुत गरे तापनि, निकोलस माडुरो तेस्रो कार्यकालका लागि निर्वाचित भए।

चुनाव परिणाम सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शनहरू भए । ती प्रदर्शनलाई सरकारी दमनबाट दबाइयो ।

माचाडो त्यसयता लगभग लुकेर बसिरहेकी छिन् । एकपटक जनवरीमा माडुरोको पदग्रहणअघि भएको विरोध प्रदर्शनमा संक्षिप्त रूपमा देखिएकी थिइन्।
त्यसबेला उनलाई अल्पकालीन रूपमा गिरफ्तार गरियो, र पछि रिहा गरिएको थियो। उनी २०२४ देखि भूमिगत अवस्थामा बसिरहेकी छन् ।

नोबेल समितिका अध्यक्ष योर्गेन वाट्ने फ्राइडनेसलाई शुक्रबार पत्रकार सम्मेलनमा मारिया कोरीना माचाडोको सुरक्षा र अवस्थाबारे सोधिएको थियो । उनले उनको बारेमा धेरै बताएनन् ।

‘हामी हरेक वर्ष यो विषयमा छलफल गर्छौं, विशेषतः जब पुरस्कार प्राप्तकर्ताको ज्यानमाथि गम्भीर खतरा भएको कारण उनी लुकेर बस्नुपरेको हुन्छ’ फ्राइडनेसले भने । उनले माचाडो भेनेजुएलामा सक्रिय छिन् र सक्रिय रहिरहनेछिन् भन्ने धारणा राखे । ‘यो पुरस्कारले उनको अभियानलाई सीमित होइन, बरु समर्थन गर्नेछ’ उनले भने ।

उनी डिसेम्बरमा ओस्लोमा पुरस्कार लिन आउने अपेक्षा गरिएको छ कि छैन भन्ने प्रश्नमा फ्राइडनेसले भने- ‘हामी आशा त गर्छौं, तर सुरक्षा अवस्था निकै संवेदनशील छ भन्ने पनि बुझ्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । बिहीबार ह्वाइटहाउसको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले आफू छिट्टै भारत भ्रमणमा जान लागेका बताएका हुन्। आफ्नो प्रयासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेको बताएका ट्रम्पले मोदी आफ्ना मित्र भएको पनि बताए ...
— मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार भएको छ । मेक्सिकी सहरमा नागरिकहरुसँग कुराकानी गरिरहेका बेला भीडबाट आएका एक पुरुषले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । राष्ट्रपति शेनबाउमले ती पुरुषविरुद्ध मुद्दा दायर गरेकी छिन् । मादक पदार्थ सेवन गरी आफूलाई दुर्व्यवहार गरेको घटनामा मुद्दा दायर गर्दै उनले यस घटनालाई ‘सबै महिलामाथिको आक्रमण’ भनेकी ...
— अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न भएको छ । न्यूयोर्क सहरको मेयरमा जोहरान मम्दानी निर्वाचित भएलगत्तै यो घटना भएको हो । यहुदी स्कुलको भित्तामा जर्मन तानाशाहा हिटलरको चिह्न स्वस्तिक बनाइएको छ । यस घटनामा मम्दानीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । न्यूयोर्क पोस्टका अनुसार म्याडाउनल्ड एभेन्युस्थित म्यागन डेभिड ...
— अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन् । बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो ...