मुख्य समाचार
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय

भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ ।

शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो।

एक्समा गरिएको एक पोस्टमा, नोबेल समितिले ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनका लागि गरिएको उनको निरन्तर प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि गरिएको संघर्षको कारण प्रदान गरिएको उल्लेख छ ।

नोबेल समितिका अध्यक्षका अनुसार भेनेजुएलाको विपक्षी दलले चुनावी अनुगमनकर्ताको सहयोगमा संकलित मतदान परिणाम सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो । तर शासकले परिणाम अस्वीकार गरेर सत्तामा टाँसिरह्यो । ‘स्थायी शान्तिको लागि लोकतन्त्र पूर्वसर्त हो । तर हामी आज यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ लोकतन्त्र पछि हट्दैछ’ उनले भने ।
उनले चेतावनी दिँदै धेरैजसो अधिनायकवादी शासकहरू सामान्य मान्यताहरूलाई चुनौती दिइरहेका छन् र हिंसाको सहारामा जाने क्रम बढ्दो छ रहेको बताए ।

भेनेजुएलाको नेतृत्वको आलोचना गर्दै उनले भने,’ यस्तै प्रवृत्ति हामी संसारभर देखिरहेका छौं -जहाँ कानूनी शासनलाई सत्तामा बसेकाहरूले दुरुपयोग गर्छन्, स्वतन्त्र सञ्चारमाध्यमहरूलाई चुप लगाइन्छ, आलोचकहरू जेल हालिन्छन्, र समाजलाई अधिनायकवाद तथा सैन्यकरणतर्फ धकेलिन्छ।’

मारिया कोरीना माचाडो भेनेजुएलाकी विपक्षी नेतृ हुन्।
उनी गएको वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट रोकिएकी थिइन्, जुन चुनावलाई अन्तर्राष्ट्रिय रूपमा न स्वतन्त्र न निष्पक्ष भनेर व्यापक रूपमा खारेज गरिएको थियो ।

उनले आफ्ना उम्मेदवार एडमुन्डो गोन्जालेज को समर्थनमा सडकमा विशाल भिड जम्मा गर्न सफल भएकी थिइन्। यसले निकोलस माडुरोको सरकारलाई चिन्तित बनाएको थियो । किनकी उनी विपक्षीलाई एकताबद्ध गर्ने नेतृको रूपमा देखा परेकी थिइन् । उनले हजारौं नागरिकलाई सडकमा र मतदान केन्द्रसम्म ल्याउन सफल भएकी थिइन् ।

गत वर्ष गरिएका सबै मतसर्वेक्षणहरूले उनको अभियानले जित्ने सम्भावना देखाएका थिए।
तर, चुनाव अवलोकनकर्ताहरूले धेरै अनियमितताको प्रमाण प्रस्तुत गरे तापनि, निकोलस माडुरो तेस्रो कार्यकालका लागि निर्वाचित भए।

चुनाव परिणाम सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शनहरू भए । ती प्रदर्शनलाई सरकारी दमनबाट दबाइयो ।

माचाडो त्यसयता लगभग लुकेर बसिरहेकी छिन् । एकपटक जनवरीमा माडुरोको पदग्रहणअघि भएको विरोध प्रदर्शनमा संक्षिप्त रूपमा देखिएकी थिइन्।
त्यसबेला उनलाई अल्पकालीन रूपमा गिरफ्तार गरियो, र पछि रिहा गरिएको थियो। उनी २०२४ देखि भूमिगत अवस्थामा बसिरहेकी छन् ।

नोबेल समितिका अध्यक्ष योर्गेन वाट्ने फ्राइडनेसलाई शुक्रबार पत्रकार सम्मेलनमा मारिया कोरीना माचाडोको सुरक्षा र अवस्थाबारे सोधिएको थियो । उनले उनको बारेमा धेरै बताएनन् ।

‘हामी हरेक वर्ष यो विषयमा छलफल गर्छौं, विशेषतः जब पुरस्कार प्राप्तकर्ताको ज्यानमाथि गम्भीर खतरा भएको कारण उनी लुकेर बस्नुपरेको हुन्छ’ फ्राइडनेसले भने । उनले माचाडो भेनेजुएलामा सक्रिय छिन् र सक्रिय रहिरहनेछिन् भन्ने धारणा राखे । ‘यो पुरस्कारले उनको अभियानलाई सीमित होइन, बरु समर्थन गर्नेछ’ उनले भने ।

उनी डिसेम्बरमा ओस्लोमा पुरस्कार लिन आउने अपेक्षा गरिएको छ कि छैन भन्ने प्रश्नमा फ्राइडनेसले भने- ‘हामी आशा त गर्छौं, तर सुरक्षा अवस्था निकै संवेदनशील छ भन्ने पनि बुझ्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम