मुख्य समाचार
रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताए
रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताए

। निवर्तमान गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।


जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका गृहमन्त्री लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ । ती मागलाई पनि बुझेर लोकतन्त्रको मूल्य मान्यतालाई राखेर अघि बढाउनुपर्ने जरुरी छ,’ लेखकले भने, ‘अहिले उत्तेजित हुने, आग्रह/पूर्वाग्रह, प्रतिशोध आदिबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवार हुनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजी (नायव महानिरीक्षक) बढुवा भएका ६ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा एक कार्यक्रमकाबीच बढुवा भएका ६ अधिकृतलाई सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरे । दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गरेकी छन् । हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गरेकी छन् । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिएकी छन् । ‘पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको ...
। सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने । त्यस्तै ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा विशेष आर्थिक क्षेत्रहरूको साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारले उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्न विभिन्न रणनीतिक योजना अघि सारेको छ । ...
। रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’ अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले ...