मुख्य समाचार
रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताए
रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताए

। निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् ।


‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन,’ उक्त आन्दोलनपछि पहिलोपटक मिडियामा सार्वजनिक भएका लेखकले भने ।

लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए ।



‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो,’ लेखकले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको ...
: गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा.डा.संगम श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफूले प्रयास गर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा आफ्नो भावी योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न व्यावहारिक “नेपाल–कोरिया नवप्रवर्तन सेतु“ निर्माण गरिने बताए । ...
: नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। मंगलबार उनले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका विभिन्न क्षेत्रको निरीक्षण गरेकी हुन्। सडकमार्ग हुँदै नुवाकोट पुगेकी भण्डारीले विदुर नगरपालिकाका ढुङ्गे, त्रिशूली, गेर्खु, बेत्रावती, देवीघाट तथा बेलकोटगढी नगरपालिकाको काशीटारलगायतका स्थानहरूको निरीक्षण ...
। जेनजी आन्दोलनमा सहभागी हुँदा‍ पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।
: संविधानले दिएको अधिकार कार्यान्वयन नभएको र संघीय सरकारले आवश्यक कानुन तथा स्रोतसाधन उपलब्ध नगराएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू साझा दबाब सिर्जना गर्ने तयारीमा जुटेका छन्। प्रदेश सरकारका समस्या छुट्टाछुट्टै उठाउँदा सुनुवाइ नभएको निष्कर्षसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूले मोर्चाबन्दी गरेका हुन्। उनीहरु साझा एजेन्डा बनाएर प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्ने तयारीमा छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि ...