मुख्य समाचार
‘कान्तारा २’ फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ
‘कान्तारा २’ फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ

। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ ।

फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर (६७ करोड भारु)सहित कूल ५३ मिलियन डलर (४४६ करोड भारु) कमाइ भएको उल्लेख छ ।

यो फिल्म अन्तर्राष्ट्रिय बजारमा रिलिज भएकै समयमा टेलर स्विफ्टको फिल्म ‘पार्टी अफ अ शो गर्ल’, पौल थोमस एन्डर्सनको ‘वान ब्याटल आफ्टर एनदर’ र ‘अवतार २’को पुनः प्रदर्शन हलमा छन् । यी फिल्मको चुनौतीको बाबजुद ऋषभ सेट्ठी स्टाररले हलमा उत्कृष्ट कमाइ गरेको हो ।

फिल्मले भारतमा दुसेरा (दशैं)को दिनमा ६१.८५ करोडको ओपनिङ गरेको थियो । शुक्रबार ४६ करोड भारु, शनिबार ५५ करोड भारु र आइतबार ६१.५ करोड भारुसहितसहित सप्ताहन्तमा ३३४.३५ करोड भारुको कमाइ भएको जनाइएको छ ।

चौैंथो दिनमा यसले राम चरण स्टारर ‘गेम चेन्जर’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । कूल १७६ करोड भारु कमाएको सलमान खानको ‘सिकन्दर’लाई यसले उछिनेको छ ।

‘कान्तारा च्याप्टर १’ सन् २०२५ मा एकैदिन सर्वाधिक तेस्रो धेरै कमाउने फिल्म बनेको छ । रजनीकान्तको ‘कुली’ले ६५ करोड भारु र पवन कल्याणको ‘दे कल हिम ओजी’ले ६३.७५ करोड भारु कमाएका थिए ।

यति मात्र होइन, यसवर्ष धेरै कमाउने शीर्ष १० को सूचीमा यो फिल्म समावेश भएको छ ।

ऋषभ शेट्टीद्वारा लिखित र निर्देशित, ‘कान्तारा अध्याय १’ मा रुक्मिणी वसन्त, गुलशन देवैया र जयरामले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्म सन् २०२२ को ब्लकबस्टर कान्ताराको प्रिक्वेल हो । यो फिल्मको कथावस्तु एक हजार वर्ष पहिले सेट गरिएको छ । निर्देशक सेट्ठीले फिल्मको तेस्रो श्रृंखला विकासक्रममा रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...