मुख्य समाचार
‘कान्तारा २’ फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ
‘कान्तारा २’ फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ

। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ ।

फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर (६७ करोड भारु)सहित कूल ५३ मिलियन डलर (४४६ करोड भारु) कमाइ भएको उल्लेख छ ।

यो फिल्म अन्तर्राष्ट्रिय बजारमा रिलिज भएकै समयमा टेलर स्विफ्टको फिल्म ‘पार्टी अफ अ शो गर्ल’, पौल थोमस एन्डर्सनको ‘वान ब्याटल आफ्टर एनदर’ र ‘अवतार २’को पुनः प्रदर्शन हलमा छन् । यी फिल्मको चुनौतीको बाबजुद ऋषभ सेट्ठी स्टाररले हलमा उत्कृष्ट कमाइ गरेको हो ।

फिल्मले भारतमा दुसेरा (दशैं)को दिनमा ६१.८५ करोडको ओपनिङ गरेको थियो । शुक्रबार ४६ करोड भारु, शनिबार ५५ करोड भारु र आइतबार ६१.५ करोड भारुसहितसहित सप्ताहन्तमा ३३४.३५ करोड भारुको कमाइ भएको जनाइएको छ ।

चौैंथो दिनमा यसले राम चरण स्टारर ‘गेम चेन्जर’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । कूल १७६ करोड भारु कमाएको सलमान खानको ‘सिकन्दर’लाई यसले उछिनेको छ ।

‘कान्तारा च्याप्टर १’ सन् २०२५ मा एकैदिन सर्वाधिक तेस्रो धेरै कमाउने फिल्म बनेको छ । रजनीकान्तको ‘कुली’ले ६५ करोड भारु र पवन कल्याणको ‘दे कल हिम ओजी’ले ६३.७५ करोड भारु कमाएका थिए ।

यति मात्र होइन, यसवर्ष धेरै कमाउने शीर्ष १० को सूचीमा यो फिल्म समावेश भएको छ ।

ऋषभ शेट्टीद्वारा लिखित र निर्देशित, ‘कान्तारा अध्याय १’ मा रुक्मिणी वसन्त, गुलशन देवैया र जयरामले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्म सन् २०२२ को ब्लकबस्टर कान्ताराको प्रिक्वेल हो । यो फिल्मको कथावस्तु एक हजार वर्ष पहिले सेट गरिएको छ । निर्देशक सेट्ठीले फिल्मको तेस्रो श्रृंखला विकासक्रममा रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
। युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ । युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक ...
। हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ । ‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ । चारमध्ये यो पहिलो टिजर भएको बताइएको ...
। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ । मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम