मुख्य समाचार
भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ
भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ

। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको आरोप छ । यो सिरपको सेवनबाट मध्ये प्रदेशमा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिन्दवाडाबाट गएको एसआईटीको टोलीले स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको छिन्दवाडाका प्रहरी अधिकारी अजय पाण्डेले पुष्टि गरे ।

छिन्दवाडामा कफ सिरप सेवन गरेपछि मृत्यु भएका र त्यसपछि मिर्गौला फेल भएका बालबालिकाको घटनामा अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो।

सेप्टेम्बर ७ देखि परासियामा धेरै बालबालिकाको एकपछि अर्को मृत्यु भइरहेको छ । यसपछि २३ सेप्टेम्बरमा अधिकारीहरूले मृत्युको अनुसन्धान सुरु गरेका हुन् ।

खोकीको सिरप खाएपछि बालबालिकाहरूको मिर्गौला फेल भएर मृत्यु भइरहेको अनुसन्धानबाट खुलेको थियो ।

यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा रहेको स्रेसन फार्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको थियो । यो सिरप छिन्दवाडा र वरपरका शहरहरूमा बिक्रीको लागि उपलब्ध थियो ।

तमिलनाडु औषधि नियन्त्रण विभागको एक प्रतिवेदनले यस कम्पनीको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल रहेको पत्ता लगाएको छ । जुन ‘विषाक्त’ रसायन हो जसले पहिले गाम्बिया, उज्बेकिस्तान र भारतमा बाल मृत्यु निम्त्याएको छ।

यो रिपोर्ट पछि, मध्य प्रदेश औषधि नियन्त्रण विभागले ४ अक्टोबरमा खोकीको सिरपमा प्रतिबन्ध लगाएको थियो ।

यसका साथै, प्रहरीले चिकित्सक प्रवीण सोनी, कफ सिरप उत्पादन गर्ने कम्पनी स्रेसन फार्मास्युटिकल्सका सञ्चालक र अन्य विरुद्ध पनि एफआईआर दर्ता गरेको थियो ।

-बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप