मुख्य समाचार
भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ
भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ

। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको आरोप छ । यो सिरपको सेवनबाट मध्ये प्रदेशमा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिन्दवाडाबाट गएको एसआईटीको टोलीले स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको छिन्दवाडाका प्रहरी अधिकारी अजय पाण्डेले पुष्टि गरे ।

छिन्दवाडामा कफ सिरप सेवन गरेपछि मृत्यु भएका र त्यसपछि मिर्गौला फेल भएका बालबालिकाको घटनामा अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो।

सेप्टेम्बर ७ देखि परासियामा धेरै बालबालिकाको एकपछि अर्को मृत्यु भइरहेको छ । यसपछि २३ सेप्टेम्बरमा अधिकारीहरूले मृत्युको अनुसन्धान सुरु गरेका हुन् ।

खोकीको सिरप खाएपछि बालबालिकाहरूको मिर्गौला फेल भएर मृत्यु भइरहेको अनुसन्धानबाट खुलेको थियो ।

यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा रहेको स्रेसन फार्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको थियो । यो सिरप छिन्दवाडा र वरपरका शहरहरूमा बिक्रीको लागि उपलब्ध थियो ।

तमिलनाडु औषधि नियन्त्रण विभागको एक प्रतिवेदनले यस कम्पनीको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल रहेको पत्ता लगाएको छ । जुन ‘विषाक्त’ रसायन हो जसले पहिले गाम्बिया, उज्बेकिस्तान र भारतमा बाल मृत्यु निम्त्याएको छ।

यो रिपोर्ट पछि, मध्य प्रदेश औषधि नियन्त्रण विभागले ४ अक्टोबरमा खोकीको सिरपमा प्रतिबन्ध लगाएको थियो ।

यसका साथै, प्रहरीले चिकित्सक प्रवीण सोनी, कफ सिरप उत्पादन गर्ने कम्पनी स्रेसन फार्मास्युटिकल्सका सञ्चालक र अन्य विरुद्ध पनि एफआईआर दर्ता गरेको थियो ।

-बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम