मुख्य समाचार
एएफसी एसियन कप छनोट : २२ वर्षपछि भियतनामविरुद्ध खेल्दै नेपाल
एएफसी एसियन कप छनोट : २२ वर्षपछि भियतनामविरुद्ध खेल्दै नेपाल

। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् ।

त्यसको अगाडि बुधबार भएको प्रि म्याच कन्फेरेन्समा मुख्य पशिक्षक रसले अंक जोड्ने लक्ष्य रहेको बताएका हुन् । ‘हामी यहाँ आउन पाउँदा धेरै उत्साहित छौं र हामी ३ अंकका लागि खेल्नेछौं, नभए कम्तीमा १ अंकका लागि’ रसको यस्तै दाबी छ ।

उनले यसअघि लाओस विरुद्ध निराशाजनक खेल भएको भन्दै यश पटक सुधार्ने प्रयास राखेका छन् । ‘लाओसविरुद्धको प्रदर्शन निराशाजनक थियो, त्यसलाई सुधार गर्ने प्रयासमा छौं। यी प्रतियोगिताहरू ती खेलाडीहरूले सपना देख्ने मंच हुन्, र टोलीलाई सुधार गर्नका लागि यो उत्कृष्ट अवसर हो’ उनले भने

‘हामीले टोलीको सम्भावना र मानसिकताका बारेमा कुरा गर्दै आएका छौँ, र आगामी दुई खेल टोलीले आफ्नो क्षमता प्रमाणित गर्ने उत्तम मौका हुन्। यदि हामी यी दुई खेलमा राम्रो नतिजा ल्याउन सक्यौँ भने, छनोटमा पुग्ने पूरा सम्भावना छ।’

यस्तै कप्तान किरण चेम्जोङले भियतनामसँग खेल्न उत्साहि रहेको बताएका छन् । ‘म भियतनाम टिमसँग खेल्न पाउँदा उत्साहित छु। पूरा टिमले यो अवसरका लागि तयारी गरिरहेको छ र हामी सकारात्मक नतिजा लिएर फर्कने प्रयास गर्नेछौं’ उनले भने, ‘मलाई थाहा छ भियतनामी आक्रमणकारीहरू धेरै राम्रो छन्, तर हामी खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं र उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नेछौं।’

नेपालले २२ वर्षपछि भियतनाम विरुद्ध खेल्न लागेको हो र अहिलेसम्म जित हात पार्न सकेको छैन । यसअघि एसियन कप छनोटमा सन् २००३ मा नेपालले भियतनामसँग दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको थियो ।

फिफा वरियतामा भियतनाम ११४औं तथा नेपाल १७६औं स्थानमा छन् ।

दुई लशकपछि खेल्दा नेपालले नेपालले भियतनाम विरुद्ध अंक जोड्ने लक्ष्य राखेको हो । नेपाल यसअघिका दुई खेफमा मलेसिया र लाओससँग पराजित भइसकेको छ । भियतनामले भने लाओसलाई लाई हराउँदा मलेसियासँग पराजित भएको थियो ।

आजको खेलपछि नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।

नेपालको अन्तिम टोली : अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, किरण कुमार लिम्बु (गोलरक्षक), कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम