मुख्य समाचार
एएफसी एसियन कप छनोट : २२ वर्षपछि भियतनामविरुद्ध खेल्दै नेपाल
एएफसी एसियन कप छनोट : २२ वर्षपछि भियतनामविरुद्ध खेल्दै नेपाल

। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् ।

त्यसको अगाडि बुधबार भएको प्रि म्याच कन्फेरेन्समा मुख्य पशिक्षक रसले अंक जोड्ने लक्ष्य रहेको बताएका हुन् । ‘हामी यहाँ आउन पाउँदा धेरै उत्साहित छौं र हामी ३ अंकका लागि खेल्नेछौं, नभए कम्तीमा १ अंकका लागि’ रसको यस्तै दाबी छ ।

उनले यसअघि लाओस विरुद्ध निराशाजनक खेल भएको भन्दै यश पटक सुधार्ने प्रयास राखेका छन् । ‘लाओसविरुद्धको प्रदर्शन निराशाजनक थियो, त्यसलाई सुधार गर्ने प्रयासमा छौं। यी प्रतियोगिताहरू ती खेलाडीहरूले सपना देख्ने मंच हुन्, र टोलीलाई सुधार गर्नका लागि यो उत्कृष्ट अवसर हो’ उनले भने

‘हामीले टोलीको सम्भावना र मानसिकताका बारेमा कुरा गर्दै आएका छौँ, र आगामी दुई खेल टोलीले आफ्नो क्षमता प्रमाणित गर्ने उत्तम मौका हुन्। यदि हामी यी दुई खेलमा राम्रो नतिजा ल्याउन सक्यौँ भने, छनोटमा पुग्ने पूरा सम्भावना छ।’

यस्तै कप्तान किरण चेम्जोङले भियतनामसँग खेल्न उत्साहि रहेको बताएका छन् । ‘म भियतनाम टिमसँग खेल्न पाउँदा उत्साहित छु। पूरा टिमले यो अवसरका लागि तयारी गरिरहेको छ र हामी सकारात्मक नतिजा लिएर फर्कने प्रयास गर्नेछौं’ उनले भने, ‘मलाई थाहा छ भियतनामी आक्रमणकारीहरू धेरै राम्रो छन्, तर हामी खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं र उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नेछौं।’

नेपालले २२ वर्षपछि भियतनाम विरुद्ध खेल्न लागेको हो र अहिलेसम्म जित हात पार्न सकेको छैन । यसअघि एसियन कप छनोटमा सन् २००३ मा नेपालले भियतनामसँग दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको थियो ।

फिफा वरियतामा भियतनाम ११४औं तथा नेपाल १७६औं स्थानमा छन् ।

दुई लशकपछि खेल्दा नेपालले नेपालले भियतनाम विरुद्ध अंक जोड्ने लक्ष्य राखेको हो । नेपाल यसअघिका दुई खेफमा मलेसिया र लाओससँग पराजित भइसकेको छ । भियतनामले भने लाओसलाई लाई हराउँदा मलेसियासँग पराजित भएको थियो ।

आजको खेलपछि नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।

नेपालको अन्तिम टोली : अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, किरण कुमार लिम्बु (गोलरक्षक), कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...