मुख्य समाचार
निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी
निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी

: निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको छ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचनका लागि कार्यतालिका बमोजिम प्रशासनिक तयारीका साथै सम्बन्धित सरोकारवालासँग छलफलको क्रम निरन्तर अघि बढ्ने उनले बताए।


प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गरे। विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा आयोगको रहेको उनको भनाइ छ।

त्यस्तै आम नागरिकहरूले पनि उत्साहपूर्ण रूपमा निर्वाचनमा सहभागिता जनाउने आयोगको विश्वास रहेको प्रवक्ता भट्टराईले बताए। भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनका साथै प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उनले निर्देशन दिएका हुन् । मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए ...
। प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् । वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डीएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो । यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपीको जिम्मेवारी हेरफेर भएको थियो । डीएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।
। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव ...
। गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत अपिल गरेको छ । ‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । ‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।’ सरकार ...