मुख्य समाचार
ओलीले नेतृत्व छाड्न अस्वीकार
ओलीले नेतृत्व छाड्न अस्वीकार

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार गरेका छन्। जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा उनले आफूले अहिल्यैको परिस्थितिमा नेतृत्व नछोड्ने निष्कर्ष सुनाएका हुन्।


जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा नेतृत्व छोड्न नसकिने जानकारी गराएको एक जिल्ला अध्यक्षले बताए।

'अध्यक्षज्युले वर्तमान परिस्थितिमा नेतृत्व छोड्न नसकिने बताउनुभयो। उहाँले पार्टीको काम कारबाहीलाई तीव्ररूपमा अगाडि बढाउन निर्देशन पनि दिनुभएको छ,' ती जिल्ला अध्यक्षले अन्नपूर्णसँग भने।


अध्यक्ष ओलीले आगामी महाधिवेशनको निर्णयअनुसार आफू अगाडि बढ्ने बताए। 'उहाँले महाधिवेशनपछि मात्रै नेतृत्वका विषयमा सोच्न सकिने र महाधिवेशनले जे निर्णय गर्छ त्यहीअनुसार आफू अघि बढ्ने भन्नुभएको छ,' ती अध्यक्षले थपे।

अध्यक्ष ओलीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा व्यापक घुसपैठ भएको बताउँदै आएका छन्। उनले जेनजी युवामाथि गरिएको दमन र राष्ट्रिय सम्पदामाथि भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै आएका छन्।

एमालेले हिजोमात्र संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न नेपाली कांग्रेससँग छलफल अघि बढाएको बताएको थियो।

जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। अन्तरिम सरकारले फागुन २१ गते चुनाव गराउने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उनले निर्देशन दिएका हुन् । मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए ...
। प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् । वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डीएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो । यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपीको जिम्मेवारी हेरफेर भएको थियो । डीएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।
। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव ...
। गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत अपिल गरेको छ । ‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । ‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।’ सरकार ...