मुख्य समाचार
म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते
म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते

: मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएको पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताएका छन्।


यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो। उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको बीबीसीमा समाचार छ।



सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार बढी नागरिक मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप