मुख्य समाचार
म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते
म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते

: मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएको पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताएका छन्।


यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो। उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको बीबीसीमा समाचार छ।



सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार बढी नागरिक मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
। मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् । बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको ...
— नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको अनुगमनपछि वन तथा वातावरण, भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गर्ने बताएका छन् । शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले पहिरो नियन्त्रणका लागि ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग खुला नगरे इरानका ऊर्जा केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै उनले विश्वव्यापी तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग ४८ घण्टाभित्र कुनै पनि धम्कीबिना पूर्ण रूपमा खुला गर्नुपर्ने बताएका हुन्। ‘अहिलेको यही क्षणदेखि इरानसँग ४८ घण्टा समय छ, जसअन्तर्गत उसले उक्त ...
— भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिस्ट पार्टीले गरेका निर्णयहरूलाई अनुमोदन गर्दछ । मतदाताहरूले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरू गैर–कम्युनिस्ट पार्टीका सदस्य भएको देखिएको छ । ...