मुख्य समाचार
इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति
इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति

: इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवै पक्ष युद्धविराम गर्न बुधबार राति सहमत भएका हुन् ।


युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको बीबीसीले जनाएको छ। इजरायल र हमासबीचको युद्धविराममा कतारले पनि प्रमुख भूमिका खेलेको बताइएको छ । इजिप्टमा भएको वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सहभागी थिए ।



इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई "इजरायलको महान् दिन" भनेका छन्। उनले हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। ‘भोलि म सरकारलाई यो सम्झौतामा स्वीकृति दिन र हाम्रा सबै प्रिय बन्दीहरूलाई घर फर्काउनका लागि बैठक बोलाउनेछु’ उनले भने । बिहीबार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरायलले यसको कार्यान्वयन सुरु गर्ने दाबी गरिएको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअनुसार अब सबै बन्धकहरूलाई चाँडै रिहा गरिने उल्लेख गरेका छन् ट्रम्पले लेखेका छन्, ‘जसले यो ऐतिहासिक र अभूतपूर्व घटनालाई सम्भव बनाउन हामीसँग काम गरे । धन्य हुन् शान्तिप्रियहरू ! सबै बन्धकहरूलाई धेरै चाँडै रिहा गरिनेछ र इजरायलले बलियो, दिगो र अनन्त शान्ति तर्फको पहिलो कदमको रूपमा सहमति भएको रेखामा आफ्ना सेनाहरू फिर्ता लिनेछ । सबै पक्षहरूलाई निष्पक्ष व्यवहार गरिनेछ !’

कतारको विदेश मन्त्रालयले पनि इजरायल र हमासबीचको गाजा शान्ति योजनाको पहिलो चरणमा सम्झौता भएको पुष्टि गरेको छ। इजरायली अधिकारीहरूले २० जना बन्धक अझै जीवित छन् र उनीहरू अन्य २८ जना मृतकहरूको शव फिर्ता पनि खोजिरहेका छन् ।

इजरायलको मन्त्रिपरिषद्‌ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरायली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ। सम्झौता अनुसार आगामी सोमबारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको अधिकारीले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। उनले गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए।

विपिन जोशीको सार्वजनिक भयो अपहरणपछिको भिडियो

सम्झौतासँगै गाजा युद्ध सुरु भएकै दिनदेखि इजरेलबाट सम्पर्कविहीन रहेका नेपालका एक विद्यार्थी विपिन जोशी पनि सार्वजनिक हुने आशा पलाएको छ। जोशी 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत अध्ययनका क्रममा गाजाको सीमा नजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। गएराति मात्रै इजरायलमा अपहृत जोशीको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ।परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको छ।

विपिन जोशीको परिवारले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं। यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो।' उक्त भिडियो केही महिनासम्म सेनाको गोप्य निगरानी अन्तर्गत राखिएको थियो र हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले बताएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम