मुख्य समाचार
इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति
इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति

: इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवै पक्ष युद्धविराम गर्न बुधबार राति सहमत भएका हुन् ।


युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको बीबीसीले जनाएको छ। इजरायल र हमासबीचको युद्धविराममा कतारले पनि प्रमुख भूमिका खेलेको बताइएको छ । इजिप्टमा भएको वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सहभागी थिए ।



इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई "इजरायलको महान् दिन" भनेका छन्। उनले हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। ‘भोलि म सरकारलाई यो सम्झौतामा स्वीकृति दिन र हाम्रा सबै प्रिय बन्दीहरूलाई घर फर्काउनका लागि बैठक बोलाउनेछु’ उनले भने । बिहीबार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरायलले यसको कार्यान्वयन सुरु गर्ने दाबी गरिएको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअनुसार अब सबै बन्धकहरूलाई चाँडै रिहा गरिने उल्लेख गरेका छन् ट्रम्पले लेखेका छन्, ‘जसले यो ऐतिहासिक र अभूतपूर्व घटनालाई सम्भव बनाउन हामीसँग काम गरे । धन्य हुन् शान्तिप्रियहरू ! सबै बन्धकहरूलाई धेरै चाँडै रिहा गरिनेछ र इजरायलले बलियो, दिगो र अनन्त शान्ति तर्फको पहिलो कदमको रूपमा सहमति भएको रेखामा आफ्ना सेनाहरू फिर्ता लिनेछ । सबै पक्षहरूलाई निष्पक्ष व्यवहार गरिनेछ !’

कतारको विदेश मन्त्रालयले पनि इजरायल र हमासबीचको गाजा शान्ति योजनाको पहिलो चरणमा सम्झौता भएको पुष्टि गरेको छ। इजरायली अधिकारीहरूले २० जना बन्धक अझै जीवित छन् र उनीहरू अन्य २८ जना मृतकहरूको शव फिर्ता पनि खोजिरहेका छन् ।

इजरायलको मन्त्रिपरिषद्‌ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरायली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ। सम्झौता अनुसार आगामी सोमबारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको अधिकारीले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। उनले गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए।

विपिन जोशीको सार्वजनिक भयो अपहरणपछिको भिडियो

सम्झौतासँगै गाजा युद्ध सुरु भएकै दिनदेखि इजरेलबाट सम्पर्कविहीन रहेका नेपालका एक विद्यार्थी विपिन जोशी पनि सार्वजनिक हुने आशा पलाएको छ। जोशी 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत अध्ययनका क्रममा गाजाको सीमा नजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। गएराति मात्रै इजरायलमा अपहृत जोशीको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ।परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको छ।

विपिन जोशीको परिवारले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं। यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो।' उक्त भिडियो केही महिनासम्म सेनाको गोप्य निगरानी अन्तर्गत राखिएको थियो र हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले बताएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप