मुख्य समाचार
पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराए
पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराए

: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो।

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो।

कुवेतका लागि ओपनर ब्याटर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। उनले २३ बलमा २ छक्का प्रहार गरे। मित भवासारले ११, यासिन पटेलले १९ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ, कप्तान रोहित पौडेल र सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ५६ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। उनले टी२० अन्तर्राष्ट्रियमा १२औं अर्धशतक प्रहार गरेका थिए। कप्तान रोहित पौडेलले १६, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०-२० रन बनाए। सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदिप चन्दामाराले समान २-२ विकेट लिए। मोहम्मद अकिफ फारुक र मोहमद अस्लमले १-१ विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ। नेपालले समूह चरणको दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, ...
। लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा छ । अबका केही खेलमा सम्हालिन नसक्ने हो भने नेपालले ८ वर्षअघि हासिल गरेको ओडीआई मान्यता गुमाउने छ । यही संकटग्रस्त परिस्थितिमा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाएर सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी प्रदान ...
। पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमै स्थानीय विधिअनुसार विवाह गरेका हुन्। रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको औंठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको ६ घण्टामै त्यसमा एक करोड ६८ लाखभन्दा बढी लाइक आएको बताइएको छ। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ...
। इंग्लिस क्लब लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ । २७ वर्षीय अराउहोलाई लिभरपुलले सिजनभरका लागि ल्याएको हो। सम्झौतामा स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ । बार्सिलोनाबाट २०० भन्दा बढी खेल खेलिसकेका अराउहोले क्लबका लागि तीन ला लिगा र दुई कोपा डेल रे उपाधि जितेका छन् । उनी ...
: गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्। खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन ...