मुख्य समाचार
पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराए
पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराए

: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो।

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो।

कुवेतका लागि ओपनर ब्याटर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। उनले २३ बलमा २ छक्का प्रहार गरे। मित भवासारले ११, यासिन पटेलले १९ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ, कप्तान रोहित पौडेल र सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ५६ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। उनले टी२० अन्तर्राष्ट्रियमा १२औं अर्धशतक प्रहार गरेका थिए। कप्तान रोहित पौडेलले १६, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०-२० रन बनाए। सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदिप चन्दामाराले समान २-२ विकेट लिए। मोहम्मद अकिफ फारुक र मोहमद अस्लमले १-१ विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ। नेपालले समूह चरणको दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना दिएका छन्। नेपाल फुटबल खेलाडी संघले खेलाडीको खेल्ने अधिकारमाथि एन्फाले बन्देज लगाएको भन्दै प्रदर्शन गरेको हो। राष्ट्रिय टिमका अन्जन विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्द जस्ता खेलाडी पनि प्रदर्शनमा रहेका छन्। एन्फा र ʻएʼ डिभिजन क्लबहरुबीच अर्को वर्षमात्रै ʻएʼ डिभिजन ...
: दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो। बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख ...
: आइसीसी विश्वकप लिग २ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ। दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो। नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै ...
: नेपाली खेलकुदमा हालः सबैभन्दा चर्चामा रहेको खेल हो, क्रिकेट। गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासीफीक क्षेत्र छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन। प्रशिक्षक स्टुर्अट लले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि नेपालले आइसीसी विश्वकप लिग २ को पहिलो शृंखलामा राम्रो खेलेको ...
: २९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचालेको छ। भिक्टोरिया राज्यको मेलबर्नको फ्लेमिङटनमा मंगलबार भएको १६५औं अन्तर्राष्ट्रिय घोडा दौडको उपाधि जित्ने मेहलम पहिलो घोडसवार महिला हुन्। उनले आफ्नै घरेलु मैदान मेलबर्नमा अन्य २३ जना घोडसवारलाई उछिन्दै ऐतिहासिक सफलता प्राप्त गरेकी हुन्। संसारलाई चकित ...