मुख्य समाचार
आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्ने
आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्ने

: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ।


आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह ‘बी’मा नेपालले कुवेतसँग बुधबार र जापानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। छनोटमा नौ टोलीले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।



समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोअ छन्। समूहको शीर्ष दुईमा रहने टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेछ।

ओमानमा यही खुड्किलो पार गर्दै लगातार दोस्रो पटक टीट्वेन्टी विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको शृंखलासमेत खेलेको थियो। दुई पटकको टीट्वेन्टी विश्वकप विजेता वेस्ट इन्डिजलाई २–१ ले हराउँदै नेपालले ऐतिहासिक शृंखला जितेको थियो। शृंखलाको यही उत्साहलाई छनोट प्रतियोगितामा पनि दोहोर्‍याउने लक्ष्य बोकेर नेपाली टोली ओमान पुगेको छ। अहिलेसम्म १७ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अब तीन टोली छनोट हुन बाँकी छ।

नेपालले पहिलो पटक सन् २०१४ को टीट्वेन्टी विश्वकप खेलेको थियो। बंगलादेशमा भएको विश्वकपमार्फत डेब्यु गरेको नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। सन् २०१४ पछि दोस्रो पटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको नेपाल यस पटक लगातार छनोट हुने अभियानमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...