मुख्य समाचार
लामखुट्टेको टोकाइका कारण हुने जापानिज इन्सेफलाइटिसबाट चितवनमा थप एकजनाको मृत्यु
लामखुट्टेको टोकाइका कारण हुने जापानिज इन्सेफलाइटिसबाट चितवनमा थप एकजनाको मृत्यु

— लामखुट्टेको टोकाइका कारण हुने जापानिज इन्सेफलाइटिसबाट चितवनमा थप एकजनाको मृत्यु भएको छ । भरतपुरको जनस्वास्थ्य कार्यालयले मंगलबार जारी गरेको विवरण अनुसार चितवनमा साउनयता हालसम्म जापानिज इन्सेफलाइटिसबाट १७ जना संक्रमित र ६ जनाको मृत्यु भएको छ ।


'पछिल्लो समयमा संक्रमितमध्ये खैरहनी नगरपालिकाकी ३९ वर्षीया महिलाको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको भन्ने सूचना छ,' जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीले भने । उनको असोज १२ गते मृत्यु भएको हो । कार्यालयले असोज तीन गते जारी गरेको विवरणमा त्यो बेलासम्म जापानिज इन्सेफलाइटिसबाट चितवनमा कुल १६ जना संक्रमित र संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको थियो । त्यसपछि एकजना संक्रमित थपिएका हुन् भने पुरानै संक्रमितमध्ये थप एक जनाको मृत्यु भएको हो ।

जापानिज इन्सेफलाइटिसबाट संक्रमित भएकामध्ये ३० प्रतिशतसम्मको मृत्यु पनि हुन सक्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले निकालेको सचेतना प्रचार सामग्रीमा उल्लेख छ । तर चितवनमा योभन्दा बढी मृत्यु भएको छ । चितवनमा संक्रमितमध्ये ३५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमध्ये महिलाको संख्या धेरै छ । चितवनमा जापानिज इन्सेफलाइटिसबाट संक्रमित हुनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् ।

कसरी सर्छ जापानिज इन्सेफलाइटिस ?

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने मस्तिष्क संक्रमण हो । क्युलेक्स लामखुट्टेको टोकाइले मान्छेमा पनि यसको संक्रमण हुन्छ । क्युलेक्स लामखुट्टेले संक्रमित सुँगुर, बङ्गुर वा जंगली चराहरूलाई टोकेर मानिसलाई पनि टोक्दा यो रोग सर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । साँझपख र झिसमिसे बिहानीमा यो लामखुट्टे बढी सक्रिय रहन्छ । धानखेत तथा स्थिर पानी भएको ठाउँ र पानी जमेको क्षेत्र तथा सुँगुर र हाँस फार्म नजिकको बस्ती जापानिज इन्सेफलाइटिसको जोखिम क्षेत्रहरू हुन् ।

मनसुन सुरु भएको साउनदेखि कात्तिकसम्म यो रोगको जोखिम बढ्छ । 'धानखेतको पानी सुकेसँगै कम हुँदै जान्छ । साउन, भदौ र असोज महिना उच्च जोखिममा रहन्छ । कात्तिकसम्मै विशेष ख्याल राख्नु पर्दछ,' भरतपुरको जनस्वास्थ्य कार्यालयका भेक्टर (किट) कन्ट्रोल निरीक्षक राम केसीले भने । ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र कमजोरी महसुस हुनु जापानिज इन्सेफलाइटिसका सामान्य लक्षणहरू हुन् ।

१०२ डिग्री फरेनहाइट भन्दा बढी उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, शरीरमा कम्पन हुनु, अर्धचेत वा बेहोस हुनु, शरीर कमजोर वा पक्षघात हुनु र कोमामा जानु यो रोगको गम्भीर लक्षण हो । गम्भीर अवस्थामा मस्तिष्कमा स्थायी प्रकारले क्षति भएर पक्षघात हुने र निधन पनि हुने गर्दछ । त्यसैले सामान्य लक्षण देखिएमा मान्यता प्राप्त स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी चिकित्सकको सल्लाहमा परीक्षण र उपचार प्रक्रिया सुरू गर्न भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले अपिल गरेका छन् ।



लामखुट्टेको टोकाइबाट जोगिनु र लामखुट्टे वृद्धि नहोस भन्नका लागि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिन पनि उनले सुझाव दिए । १५ वर्षमुनिका वालबालिका,धानबाली, सुँगुर, बङ्गुर र हाँस फार्म नजिकका बासिन्दा, कृषक तथा ग्रामीण क्षेत्रका मानिसहरू र यी क्षेत्रमा आउजाउ गर्नेहरू जापानिज इन्सेफलाइटिसको जोखिममा हुन्छन् ।

चितवनमा सवैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाभित्रका छन् । भरतपुरका सातजना, खैरहनीका चारजना, राप्ती र कालिकाका दुई दुईजना र माडी तथा रत्ननगर नगरपालिकाका एक-एकजना संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये भरतपुर र राप्तीका दुई-दुई जना र खैरहनी र कालिका नगरपालिकाका एक-एक जना रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

संक्रमितमध्ये तीन जना १५ वर्षमुनिका, पाँचजना १५ देखि ६० वर्षसम्मका र ९ जना ६० वर्षभन्दा माथिको उमेरका छन् । त्यसैगरी निधन हुनेमा ७० वर्षका दुई जना छन् । ८९, ८१, ४२ र ३९ वर्षका एक-एक जनाको निधन भएको छ । लामखुट्टेको टोकाइबाट जोगिनु यस रोगबाट जोगिने उपाय हो । यसका साथै यसको खोप पनि छ । संक्रमितमध्ये १५ जनाले खोप नै नलगाएको पाइएको थियो भने दुईजनाले खोप लगाए नलगाएको प्रस्ट नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...