मुख्य समाचार
चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित
चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित

— कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले अनुभवी इनिङ्स खेलेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा ल्याएको छ ।


पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । इन्दु र रुबिनाको इनिङ्सपछि नेपालले १७.३ ओभरमा १ सय १५ रन बनाउँदै खेल जितेको हो । स्कोर बराबरी भएको अवस्थामा इन्दुले विजयी चौका प्रहार गरिन् ।

इन्दु ३९ बलमा ४८ र रुबिना २३ बलमा २३ रन बनाई अविजित रहे । यी दुईले पाँचौं विकेटका लागि ५५ बल खेल्दै ६१ रनको अविजित साझेदारी गरे । इन्दुले ६ चौका र रुबिनाले २ चौका र १ छक्का प्रहार गरेका थिए । कविता कुँवरले २६ बलमा १६ रन बनाइन् । रुवि पोदार ५, सम्झना खड्का ११ र पूजा महतो ७ रनमा आउट भए । पूजालाई एइना हमिजाह हासिमले सिधा थ्रोमा रनआउट गरिन् ।

यसअघि नेपालले मलेसियाका दुवै ओपनर हासिम र वान जुलियालाई व्यक्तिगत खाता खोल्नुअघि नै आउट गरेको थियो । नेपालविरुद्धको यस शृंखलाको पछिल्लो तीनमध्ये दुई खेलमा अर्धशतक बनाइसकेकी हासिमलाई कविता कुँवरले कट एन्ड बोल्ड गरिन् । जुलिया भने पूजाको बलमा बोल्ड भइन् । कप्तान विनिफ्रेड दुराइसिंघमलाई कविता कुँवरले नै २ रनमा आउट गरिन् ।

मास इलिसाले ६३ बलमा अविजित ५६ रन बनाइन् भने माहिराहले २१ बलमा १८ र नुर डानियाले १५ बलमा २ चौकासहित १५ रन बनाए । नेपालबाट प्लेयर अफ द म्याच कविताले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पूजा र कविता जोशीले १–१ विकेट लिएका थिए । पूजाले आफ्नो एकमात्र ओभरमा १२ रन खर्चेकी थिइन् । कविता जोशीले ३ ओभरमा १८ रन खर्चिइन् । निर्णायक पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...