मुख्य समाचार
चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित
चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित

— कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले अनुभवी इनिङ्स खेलेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा ल्याएको छ ।


पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । इन्दु र रुबिनाको इनिङ्सपछि नेपालले १७.३ ओभरमा १ सय १५ रन बनाउँदै खेल जितेको हो । स्कोर बराबरी भएको अवस्थामा इन्दुले विजयी चौका प्रहार गरिन् ।

इन्दु ३९ बलमा ४८ र रुबिना २३ बलमा २३ रन बनाई अविजित रहे । यी दुईले पाँचौं विकेटका लागि ५५ बल खेल्दै ६१ रनको अविजित साझेदारी गरे । इन्दुले ६ चौका र रुबिनाले २ चौका र १ छक्का प्रहार गरेका थिए । कविता कुँवरले २६ बलमा १६ रन बनाइन् । रुवि पोदार ५, सम्झना खड्का ११ र पूजा महतो ७ रनमा आउट भए । पूजालाई एइना हमिजाह हासिमले सिधा थ्रोमा रनआउट गरिन् ।

यसअघि नेपालले मलेसियाका दुवै ओपनर हासिम र वान जुलियालाई व्यक्तिगत खाता खोल्नुअघि नै आउट गरेको थियो । नेपालविरुद्धको यस शृंखलाको पछिल्लो तीनमध्ये दुई खेलमा अर्धशतक बनाइसकेकी हासिमलाई कविता कुँवरले कट एन्ड बोल्ड गरिन् । जुलिया भने पूजाको बलमा बोल्ड भइन् । कप्तान विनिफ्रेड दुराइसिंघमलाई कविता कुँवरले नै २ रनमा आउट गरिन् ।

मास इलिसाले ६३ बलमा अविजित ५६ रन बनाइन् भने माहिराहले २१ बलमा १८ र नुर डानियाले १५ बलमा २ चौकासहित १५ रन बनाए । नेपालबाट प्लेयर अफ द म्याच कविताले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पूजा र कविता जोशीले १–१ विकेट लिएका थिए । पूजाले आफ्नो एकमात्र ओभरमा १२ रन खर्चेकी थिइन् । कविता जोशीले ३ ओभरमा १८ रन खर्चिइन् । निर्णायक पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...