मुख्य समाचार
गाजामा युद्धविराम गर्न इजिप्टमा इजरायल-हमास अप्रत्यक्ष संवाद, बन्धक मुक्तिलाई प्राथमिकता
गाजामा युद्धविराम गर्न इजिप्टमा इजरायल-हमास अप्रत्यक्ष संवाद, बन्धक मुक्तिलाई प्राथमिकता

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा युद्ध अन्त्य योजना कार्यान्वयन गर्न इजरायल र हमासबीच इजिप्टमा सुरु भएको अप्रत्यक्ष वार्तामा पहिलो प्राथमिकता बन्धक मुक्तिलाई दिइएको छ । इजिप्टको राज्य–सम्बद्ध सञ्चारमाध्यम अल–काहेरा न्युजका अनुसार सोमबारबाट सुरु वार्ता इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा भइरहेको हो । यो वार्ता मंगलबार पनि हुँदैछ ।


वार्तामा हमासका प्रतिनिधि र इजरायली अधिकारी सहभागी छन् । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण गरिरहेका छन् । प्रारम्भिक चरणमा दुवै पक्षले बाँकी रहेका ४८ जना इजरायली बन्धकको रिहाइका लागि करिब २ हजार प्यालेस्टिनी कैदीहरूको साटासाटबारे छलफल थालेका छन् ।

तीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । 'दुवै पक्षबीच बन्धक छुटाउन लागि संयन्त्र तयार गर्न प्रयास भइरहेको छ,' अल–काहेरा न्यूजले उद्धृत गर्दै इजिप्टका एक अधिकारीले भने । उनका अनुसार हमासले बन्धकहरू समय अगावै मुक्त गरेपछि आˆनो प्रभाव गुम्ने चिन्ताले सावधानी अपनाइरहेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल ‘सबै सम्भावनाका लागि तयार’ रहेको जनाएको छ । 'हामी सबै परिस्थितिका लागि तयार छौं र वार्ता सफलतापूर्वक टुंगोमा पुर्‍याउने अपेक्षा गर्छौं, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले टाइम्स अफ इजरायलसँग भनेका छन् ।

इजरायली टोलीमा मोसाद र शिन बेटका अधिकारीहरू, नेतान्याहूका परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र गल हिर्श सहभागी छन्। मुख्य वार्ताकारको भूमिकामा रहेका रणनीतिक मामिला मन्त्री रोन डर्मर वार्ताको प्रगतिअनुसार यसै साताभित्र सहभागी हुने बताइएको छ। प्रस्तावमा गाजामा रहेका इजरायली सेनालाई फिर्ता गर्ने विषय पनि छ । जसलाई हमासले गत साता सर्तसहित स्वीकार गरेको थियो ।

हृवाइट हाउसका मध्यपूर्व दूत स्टीभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँसमेत रहेका सल्लाहकार जारेड कुशनर बुधबार इजिप्ट पुग्नेछन्, ताकि दुवै पक्षमाथि दबाब सिर्जना गरी सम्झौतामा पुग्न सकियोस्।

इजिप्टका स्रोतहरूले हमासले इजरायलले बन्धक रिहा भएपछि सैनिक फिर्ता गर्ने ग्यारेन्टी मागिरहेको बताएका छन्। तर वार्तामा आपसी अविश्वास अझै गहिरो छ। एक प्यालेस्टिनी अधिकारीका अनुसार 'हमास र अन्य समूहहरूलाई डर छ, इजरायलले बन्धकहरू मुक्त भएपछि वार्ता तोड्न सक्छ।'



हमासले भने युद्धमैदानको अवस्थाका कारण युद्धविराम सुरु भएको ७२ घण्टाभित्र मारिएका बन्धकहरूको शव फिर्ता ल्याउन कठिन हुने बताएको छ, जुन कुरा ट्रम्पको योजनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप