मुख्य समाचार
दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति
दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति

: शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। दार्जिलिङ उप-विभागीय अधिकारी रिचर्ड लेप्चाका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ।


भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्‍याएको छ। धेरै क्षेत्रमा घरहरू भत्किएका छन्। जिल्ला प्रशासन स्रोतका अनुसार धेरै दुर्गम ठाउँहरूबाट जनधनको क्षतिको पूर्ण जानकारी अझै प्राप्त भएको छैन।

दार्जिलिङ र सिक्किम देशको बाँकी भागबाट काटिएका छन्। उत्तर बंगालका नदीहरूले धेरै क्षेत्रहरू डुबानमा पारेका छन् जसले गर्दा हजारौं पर्यटक अलपत्र परेका छन्।


मुख्यमन्त्री ममता बनर्जीले पर्यटकहरूलाई धैर्य राख्न अपील गरेकी छिन् । एनडीआरएफ, एसडीआरएफ र राज्य प्रहरीका टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन्।

दार्जिलिङ जिल्ला प्रशासनले मिरिकमा नौ जना, सुकियापोखरीमा सातजना र बिजनबारीमा एकजनाको मृत्यु भएको जनाएको छ। साँझ दार्जिलिङ नजिकैको भग्नावशेषबाट एकजनाको शव निकालिएको थियो।

पहिरोका कारण राष्ट्रिय राजमार्ग बन्द समेत भएको छ।मिरिक-दुधिया नजिकै पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग पनि बन्द भएको छ। सिक्किम र कालिम्पोङ बीचको सञ्चार पनि अवरुद्ध भएको छ।

मौसम विभागले अलिपुरद्वार, कुचबिहार र जलपाईगुडीमा भारी वर्षा हुने चेतावनी दिएको छ। पछिल्लो २४ घण्टामा कुचबिहारमा १९०.२ मिमी, जलपाईगुडीमा १७२ मिमी र सिलगुडीमा १३४ मिमी वर्षा रेकर्ड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम